logo
शुक्रबार, साउन २९ २०८३

ह्याप्पी किड्स मन्टेश्वरीको वार्षिकोत्सव सम्पन्न


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र ३० २०८०

कमल । झापाको कमल गाउँपालिकामा ३ स्थित ह्याप्पी किड्स मन्टेश्वरीले आज एक कार्यक्रमका बिच वार्षिकोत्सव बनाएको छ ।

ह्याप्पी किड्सका फाउण्डर प्रिन्सिपल मोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले पानस मा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

ह्याप्पी किड्सले वार्षिक उत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट अभिभावक तथा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

यसरी पुरस्कृत हुनेमा उत्कृष्ट अभिभावकतर्फ शोभा लिम्बु , सुश्मिता राई , सुजता कोईराला र श्याम ठाकुर नियमित शुल्क बुझाउनेमा होमादेबी रम्तेल र रोजी लिम्बु सरसफाई तर्फ अदिती राई र मैया श्रेष्ठ तथा विद्यालयले आयोजना गरेको विभिन्न विधाका उत्कृष्ट विद्यार्थी लाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रम विष्णुराज नेपालीले सञ्चालन गर्नु भएको थियो भने प्रकृति श्रेष्ठले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend