कमल । श्री बराह पाञ्चायतन मन्दिर मुल पुराण आयोजक समितिको आयोजना तथा पूर्वाञ्चल पर्यटन विकास सस्था प्रा.लि. शाखा कार्यालय रतुवामाई मोरङ्गको सहयोगमा झापाको कमल गाउँपालिका ४ अमलडाँगी स्थित बराह पाञ्चायतन मन्दिरमा श्रीमद्भागवत महापुराण धन धन्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञ को पहिलो दिन आज कलश यात्रा सम्पन्न भएको छ ।
आज सम्पन्न कलश यात्राको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले रिवन काटेर उद्घाटन गर्नु भएको थियो ।
पुराण स्थल बाट सुरुभएको कलश यात्रा सिद्धार्थ चौक हुदै केर्खा बाजारमा स्थापना भएको लिम्बु समुदायको शुभप्रतिक सिलाम साक्मा, राई जातीको चिण्डो , मगर जातिको खुर्पे र दुर्गा मन्दिरलाई परिक्रमा र पुजा गर्दै कलशयात्र सम्पन्न भएको थियो ।
आज बाट सुरुभएको महापुराण आगामी २०८१ साल बैशाख ४ गते सम्म दैनिक संगतिमय कथा वाचन हवन होमादी, अन्नदान तुलादान, भुमिदान, बाह्मण भोजन द्विज कुमारहरको उपनयन, गुन्युचोली, विवाह चौरासी लगायत विभिन्न धार्मिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
यस्ता धार्मिक कार्यक्रमले मानव विकासमा ठुलो सहयोग पुग्छ । श्रीमद्भागवतले मानवका आचरण सुधार गर्नुका साथै एक आपसमा सुमधुर सम्बन्ध स्थापना गर्न पनि सहयोग पुग्ने भएकोले सबै मिलेर पुराणलाई सफल पार्न सहयोग गर्नु पर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनुभयो ।
युवा प्रवक्ता अठाह् पुराणका ज्ञाता पं श्री चन्द्र प्रसाद नेपालको मुखरावृन्दबाट संगीतमय कथा वाचन का साथै नेपाली संस्कृतका वाङ्गमय मुर्धन्य विद्वान पं श्री ईन्द्र प्रसाद अधिकारीको मुखरावृन्दबाट पाठ पारायण होमादी एवं चर्चित कलाकाहरुबाट झाँकी सहित संगीतमय भजन कीर्तनका साथमा विभिन्न प्रस्तुती रहने पुराण आयोजक समितिका संयोजक युवनाथ ढकालले जानकारी दिनुभयो ।
महापुराण बाट संकलित रकम बाट बराह पाञ्चायतन मन्दिर परिसरमा भित्र जेष्ठ नागरीककालागी भवन र आराम गर्ने चौतारो निर्माण गर्नुका साथै वैद्विक सनातन धर्मको संरक्षण एवं समस्त ज्ञातअज्ञात पितृ उद्धारार्थलागी खर्चगरिने स्थानिय लेखनाथ खतिवडाले बताउनुभयो ।