शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले उपप्रमुख नरमाया कार्कीको कार्यकक्षमा मंगलबार अभद्र व्यवहार गरेका गर्नुभएको छ ।
उपप्रमुख बसेको नजिकैको खाली कुर्सीलाई उनले लात्तले हानेर लडाए । समाचार स्रोतका अनुसार छलफल चलिरहेका बेला रिसले चुर भएका राईले जुरुक्क उठेर उपप्रमुख नजिकैको कुर्सी माथि लात्ती वर्षाए र बैठक कक्षबाट बाहिरिनुभयो ।
घर नक्सा किर्ते प्रकरणका लागि चारमहिना अघि गठन भएको छानबिन समितिले बुझाएको प्रतिवेदन उपर छलफलका लागि बोलाइएको बैठकमा आफू अनुकूलको प्रतिवेदन नआएको झोकमा कुर्सीमाथि लात्ती हान्ुभएको थियो । प्रमुख प्रसासकीय अधिकृतले दोसी देखिएका कर्मचारीको बचाउ गरिरहेको पनि समाचार श्रोतले बताएको छ ।
शिवसताक्षी नगरकार्यपालिकाको बैठकले नगरभित्रको घरनक्सा किर्ते प्रकरण को सत्य तथ्य छानबिनका लागि उपप्रमुख नरमाया कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
यस अघि पनि वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनको नेतृत्वमा छानविन समिति गठन भएको थियो । सो समिति गएको साउनमा गठन भएको थियो । वडा अध्यक्ष फेउदिन नेतृत्वको समितिले मंसिरमा प्रतिवेदन बुझाएपनि स्वतन्त्र रुपमा नगरकार्यपालिकाले सार्वजनिक गरेको थिएन ।
पछिल्लो पटक गठन भएको समितिले बुझाएको प्रतिवेदन पनि प्रमुख प्रसासकीय अधिकृत राईले सार्वजनि गर्न अटेर गर्नुभएको थियो । कतिपयले घर नक्सा किर्ते प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न नसक्नुलाई मिलेमतोको संज्ञा दिएका छन् ।
उपप्रमुख कार्की नेतृत्वको समितिले करिब ४ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। समितिले तयार पारेको प्रतिवेदन नगर कार्यपालिकाको बैठक मा नगरप्रमुख मेगाहाङ थोप्रालाई बुझाएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत राईले उक्त प्रतिवेदन अनुकुल नभएको भन्दै समय थपेर पुन प्रतिवेदन सच्याउन आग्रह गरिरहेका थिए । समितिले प्रमुख प्रशासकीय अधिकृतको मागलाई वेवास्ता गर्दै आएको थियो ।समितिका एक सदस्यका अनुसार समितिले शुक्ष्म अध्ययन र अनुसन्धान गर्दा जे देखियो प्रतिवेदनमा त्यै उल्लेख भएको बताएका छन् ।
समाचार स्रोतका अनुसार प्रतिवेदनमा घर नक्सा किर्ते प्रकरण कार्यमा दोषी देखिएका केही कर्मचारीलाई निलम्बन गर्न समितिले सिफारिस गरेको छ । समितिको सिफारिस प्रमुख प्रशासकीय अधिकृतलाई चित्त बुझेको छैन । दुईवटा समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गर्नु र निलम्बनको सिफारिस गरिएका कर्मचारीलाई बचाउन खोजेकै कारण मंगलबारको बैठकमा प्रमुख प्रसासकिय अधिकृत रिसाएको हुन सक्ने बैठकमै सहभागि ले बताएका छन् ।
प्रमुख प्रशासकिय अधिकृतले पदिय मर्यादा भुलेर आवेगमा कार्यालयकै कुर्सीमा लात्ति हान्नु असोभनिय भएको प्रत्यक्षदशीले बताए । ‘कार्यलयको हाकिमले देखाएको हर्कत विल्कुलै अमर्यादित, अशोभनिय र केटाकेटी पन जस्तो देखिएको छ । उनलाई कार्वाहीको दायरामा ल्याउन कार्यपालिकाले बाँकी राख्नु हुन्न ।’ स्थानिय एक नगरबासीलले भने, प्रमुख प्रशासकिय अधिकृत राईले नगरको कुर्सीलाई लात्ति हानेको घटनाले नगरबासीलाई गम्भिर चोट पुगेको छ ।
शिवसताक्षी नगरपालिकाको घर नक्सा शाखाबाट ०७२ साल यता जना सेवाग्राहीका प्रमाण पत्र नक्कली छन् । सेवाग्राहीले नगरका कर्मचारीलाई दिएको राजश्व राजश्व शाखामा दाखिला नगरी प्रमाण पत्र प्रदान गरिएका छन् ।
यसरी प्रदान गरिएका अधिकाँस प्रमाण पत्रमा सरकारी छाप किर्ते गरिएको, कार्यालय प्रमुखको हस्ताक्षर किर्ते भन्ने गरिएको, प्रदान गरिएका प्रमाण पत्रको रेकर्ड कार्यालयमा नरहेको, राजश्व दाखिला नगरिएको, दर्ता चलानी को तथ्याँक नरहेको इन्जिनियरको हस्ताक्षर किर्ते गरिएको लगायत कम्तिमा १सय ५० सेवाग्राहीको घर नक्सा प्रमाण पत्र किर्ते छन् । किर्ते प्रमाण पत्रको छानविनका लागि नगर कार्यपालिकाले दुई वटा सम्म छानविन समिति गठन गरेको थियो ।
घटनाको बारेमा नगर उपप्रमुख नरमाया कार्कीले कुनै प्रतिकृया दिनुभएको छैन । संचारकर्मीले गरेको फोन वहाँले दुई पटक सम्म काट्नु भएको छ ।
यसैविच प्रमुख प्रशासकीय अधिकृत राईले स्थानिय पत्रकार विनोद सापकोटालाई प्रहरी लगाएर पक्राउ गर्ने धम्कि दिनुभएको छ । समाचारमा आपत्ती जनाउदै उनले पत्रकार सापकोटालाई स्वयम् फोन गरेर ‘तपाईँ कुन ठाँउमा हुनुहुन्छ ? त्यही प्रहरी लगाएर पक्राउ गर्न प्रहरी पठाउछु ।’
पत्रकार सापकोटाले आफु घरैमा रहेकाले सम्मान जनक गिरफ्तारी दिने पनि बताएका छन् ।