logo
शुक्रबार, साउन २९ २०८३

मैले सुहाङलाई किन रोजेँ ?


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र २४ २०८०

☀️पढेलेखेको (शैक्षिक योग्यता भएको)
☀️कानुन पढेको/बुझेको (अधिबक्ता)
☀️कुशल राजनीतिबाट दिक्षित
☀️स्थानीय र राष्ट्रिय राजनीतिलाई नजिकबाट चिनेको/बुझेको
☀️आम युवापुस्ताको प्रतिनिधित्व गर्नसक्ने ३२ बर्षीय युवा उमेद्वार
☀️पहिचानको मुद्धालाई राम्ररी बुझेको
☀️राजनीतिक प्रतिबद्धतालाई कार्यान्वयन गर्न सक्ने 
☀️बहुआयामिक, सरल एवं मृदुभाषी

       सुहाङ नेम्वाङ

पाँचबर्षपछि इलाम फर्किएको मलाई यसपटक एउटा महत्वपूर्ण मौका जुर्यो । त्यो हो—इलाम क्षेत्र नं. २ को उपनिर्वाचनलाई नजिकबाट नियाल्ने । करिव २ हप्ताअघि इलाम आईपुगेको मैले विभिन्न उम्मेद्वारको पृष्ठभूमी र योग्यतालाई अध्ययन गर्ने, उम्मेद्वारको बारेमा साथीभाइ/इष्टमित्रसँग भलाकुसारी गर्ने, पार्टीका नेतृत्वबर्गसँग भेट्ने र उम्मेद्वारहरुको प्रतिबद्धताहरुलाई विष्लेषण गर्ने मौका पाएँ ।
अन्ततः गहन अध्ययन र विष्लेषणपछि मैले उम्मेद्वार सुहाङ नेम्वाङलाई सहयोग र समर्थन (Endorse) गर्ने निर्णय गरेको छु । साथै, इलाम क्षेत्र नं.-२ का आदर्णीय मतादाताहरुलाई युवा उम्मेद्वार सुहाङ नेम्वाङलाई अमूल्य मतादान गरि अत्यधिक बहुमतले विजयी गराईदिन हुन हार्दिक अनुरोध गर्दछु । यसैगरी, देशविदेशमा रहनुहुने मेरो साथीभाइ, इष्टमित्र, इलामेली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एवं शुभचिन्तकहरुलाई सुहाङ नेम्वाङलाई विजयी गराउन आ-आफ्नो तह र तप्काबाट साथ, सहयोग र समर्थन गरिदिन हुन विनम्र अनुरोध गर्दछ ।
पेशाले अधिबक्ता सरल, मिलनसार र मृदुभाषी सुहाङले स्पोर्टिङ इलाम दी मेची फुटबल क्लब आफ्नै लगानीमा खोलेर फुटबलको समग्र विकासमा महत्वपूर्ण योगदान दिएका छन्। राष्ट्रिय राजनीतिको विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका खेल्दै ऐतिहासिक योगदान दिएका बुबा स्व. सुवासचन्द्र नेम्वाङको राजनैतिक पृष्ठभूमिलाई नजिकबाट नियालेका सुहाङ इलाम क्षेत्र नं. २ को विविध पक्षबारे जानकार छन् ।
बहुआयामिक सुहाङको राजनीति, खेलकुद, समाजसेवालगायत विभिन्न क्षेत्रमा संलग्नता र योगदान छ । आउँदो उपनिर्वाचनपछि ३२ बर्षे सुहाङले इलाम क्षेत्र नं. २ को दीर्घकालिन विकास र सम्बृद्धिको लागि महत्वपूर्ण योगदान दिने कुरामा दूईमत छैन साथै उनी स्थानीय र केन्द्रिय राजनीतिलाई जोड्ने कोषेढुङ्गा बन्नेछन् ।
भ्रष्टाचारको कहिल्यै दाग नलागेका एवं कुशल राजनैतिक संस्कार र चेतको पर्याय बुबा स्व. सुवास नेम्वाङबाट दिक्षित सुहाङ इलामेली राजनीतिमा रोलमोडल बन्नेछन् । सुहाङ पार्टीको उच्च नेतृत्व तहको विश्वासपात्र पनि हुन्, त्यसैले उनी निर्वाचित भएको खण्डमा पार्टी र सरकारको महत्वपूर्ण जिम्मेवारीमा समेत पुग्ने प्रबल संभावना उनको छ ।
पछिल्लो समय पार्टी राजनीतिबाट अलग भएपनि इलामेली राजनीतिसँग जानकार मैले इलाममा पत्रकारिता गर्दाको दौरानमा इलाम क्षेत्र नं. २ को अधिकांस स्थानमा पुगेको छु र स्थानीय आवश्यकता र संभावनाहरुलाई बुझ्ने अवसर पाएको छु ।
विगत १ दशकयता अमेरिकी राजनीतिमा संलग्न हुँदै विश्व राजनीतिलाईसमेत नजिकबाट नियालीरहेको मैले योग्यता, मुद्धा र प्रतिबद्धताको अधारमा सुहाङ नेम्वाङलाई रोजेको हुँ ।
आउनुहोस हामी सबै मिलेर सबल, सक्षम र प्रतिबद्ध युवा उमेद्वार सुहाङ नेम्वाङलाई विजयी गराऔं ।
माधब गुरूङ 
हाल: जमुना, इलाम
चैत्र २४, २०८०

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend