logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र १६ २०८०

झापा । नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध हुनुभएको छ । विहीवारबाट बिर्तामोडमा शुरु भएको अधिवेशनको बन्दसत्रबाट संविधानसभा सदस्य समेत रहेका गिरी अध्यक्षमा निर्बिरोध चयन भएका हुन् । यद्यपि आधिकारिक घोषणा हुन भने बाँकी छ ।

नेकपा एमाले झापाका जिल्ला स्तरीय एक नेताले दिएको जानकारी अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीको अध्यक्षतामा नेतृत्व चयन गर्न निर्देशन दिएसंगै पाँच जनाको अध्यक्ष सहित पाँच जना निर्विरोध भएका हुन् । उनका अनुसार उपाध्यक्ष असारु राजवंशी , सचिव तुलसी कार्की, उप सचिव खगेन्द्र नेपाल र उप सचिव अनिता कन्दङ्वा निर्बिरोध भएका हुन् । अध्यक्षका लागि शिव ढुङ्गेलले दावी गरेपनि ओलीको निर्देशनमा नेतृत्व चयन भएको बताइएको छ ।

यद्यपि निर्बाचन समितिले उनीहरुको नाम आधिकारिक रुपमा घोषणा भने गरेको छैन । बाँकी पदमा भने छलफल भइरहेको बताइएको छ ।
विहीवारबाट शुरु भएको अधिबेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।
जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बताइएको छ । गिरी एमाले अध्यक्ष ओलीका निटक मानिएकाले पनि उनलाई अध्यक्ष बनाउन ओलीले निर्देशन दिएको बताइएको छ ।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनित प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी भएको जिल्ला कमिटीले जनाएको छ ।

अधिवेशनको बन्दशत्रमा कार्यवाहक अध्यक्ष गिरीले राजनीतिक प्रतिवेदन र सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो  ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend