झापा । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा लिम्बूले चैत्र १७ गतेदेखि जमिन मुनी बसेर भू तपस्या गर्ने हुनुभएको ।
ईलाम चुलाचुली १ कमल निवासी लिम्बू फक्ताङलुङ बिद्यालयमा योग प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । वहाँले स्कुलको खुला मैदानमा भू(तपस्या गर्ने बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमकाबिच जानकारी गराइएको हो ।
विकासानन्द फाउण्डेसन विश्व परिवार बराङ पोखरामा योग साधना सिकेका लिम्बूले चैत्र १७ गते ३ बजे देखि चैत्र २३ गते दिउँसो ३ बजे सम्म नीराहार भू(तपस्या गर्ने बताइएको छ । मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको नारालाई जनमानसमा पुर्याउने उद्देश्यले भू(तपस्या गर्न लागेको साधक लिम्बूले बताउनुभयो ।
९ फिट गहिरो ९–९ फिट लम्बाइ र चौडाइको खाडलमा पुरिएर भू तपस्या गरिने बताइएको छ । लिम्बूलाई भू तपस्यामा बस्नकोलागी विकासानन्द फाउण्डेसनले सहजीकरण गरिरहेको मनोक्रान्ति प्रमुख गजेन्द्रराज नेम्वाङले जानकारी दिनुभयो । भू तपस्वी लिम्बुलाई मनोक्रान्ति गुरु डा. योगी विकासानन्दले जुस खुवाए पछि भू तपस्या सम्पन्न हुने बताइएको छ ।
लिम्बूको भू तपस्या सम्पन्न भएपछि त्यसको औचित्य, आवश्यकता, जीवन र जगतको रूपान्तरण विषयमा डा. विकासानन्दको विशेष प्रवचन रहने फक्ताङलुङ एजुकेशनका संस्थापक प्रिन्सिपल तथा मनोक्रान्ति साधक ओमबिक्रम नेम्वाङले जानकारी दिनुभयो । लिम्बुको तपस्या लाई फक्ताङ्लुङ एजुकेशनले सहयोग र सहजीकरण गर्ने नेङ्वाङले जानकारी दिनुभयो ।