logo
शुक्रबार, साउन २९ २०८३

कमलनगर जेसिज र केर्खा स्पोर्टिङ क्लब द्वारा  केर्खामा होली विशेष कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, चैत्र १२ २०८०

 

 कमल । कमलनगर जेसिज र केर्खा स्पोर्टिङ क्लब ले आज केर्खामा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कमल गाउँपालिका ३ केर्खामा सम्पन्न भोलि विशेष कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि जेसिसका सदस्य स्पोर्टिङ क्लबका सदस्य लगायत युवाहरुले होली विशेष  मनाएका हुन्  ।

कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले यस्ता चाडपर्वहरूले जसरी जीवनलाई रङ्गीन बनाउँछन् त्यसैगरी आफूभित्र भएको मनमुटावलाई बिर्सिएर सप्तरङ्गी रङ जस्तै आफूलाई बनाउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो।

असत्यमाथि सत्यको विजय भएको दिनलाई होली सम्झिएर होली मनाउने गरिन्छ त्यसैगरी आफूभित्र भएका खराब संस्कार र संस्कृतिलाई हटाउँदै असल बानीको विकास गर्दै अगाडि बढ्न समेत न्यौपानेले बताउनु भयोे ।

कमलनगर जेसिस का अध्यक्ष देवी प्रसाद दाहाल को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा नेपालदेखि वर्ष २४ का कार्यकारी उपाध्यक्ष भीम कुँवरले  पछिल्लो समय होली खेल्दा विभिन्न किसिमका विकृतिहरू भित्रिएकोले त्यस्ता विकृतिहरुलाई पन्छाउँदै सभ्य तरिकाले होली खेल्न सुझाव दिनुभयो।

केर्खा स्पोर्टिङ क्लबका सचिव मौसम लेच्छरबोले सञ्चालन गरेको कार्यक्रम मा उपस्थित सहभागीलाई स्पोर्टिङ क्लबका अध्यक्ष मनोज गुरुङले शाब्दिक शब्दद्वारा स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend