logo
शुक्रबार, साउन २९ २०८३

बुद्धशान्तिका गायक पारस घिसिङ तामाङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक


  • कुइनेटो न्युज
  • आइतबार, चैत्र ११ २०८०

कमल ।  बुद्धशान्तिका गायक पारस घिसिङ तामाङको लेकाली डोल्मो म्युजिक भिडियो सार्वजनिक भएको छ

इजरायलमा रहेता पनि नेपाली सांगीतिक क्षेत्रको एक चर्चित नाम हो गायक पारस तामाङ । उनै पारसको स्वरमा रहेको लोक सेलो लेकाली डोल्मो म्युजिक भिडियो युटुबमा रिलिज गरिएको छ । रिलिज भएसंगै  उक्त म्युजिक भिडियो यतिबेला चर्चामा रहेको पाइन्छ ।

म्युजिक भिडियोमा झापाली समाज इजरायलका सॉकृतिक विभाग प्रमुख नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा सास्कृतिक बिभाग प्रमुख लगायत विभिन्न संघ संस्थामा आबद्ध रहि निरन्तर अघि बढी रहेका बुद्धशान्ती ४, धर्ममार्ग वस्ती निबासि उनै गायक पारस घिसिङ तामाङको आवाज रहेको छ भने शब्द संगीत विश्व दोङ तामाङको रहेको छ तामाङ सेलो भाकामा रहेको गीतको छायांकन स्वयम्भु लगायत राजधानीका विभिन्न ठाँउमा गरिएको थियो ।

उक्त म्युजिक भिडियोमा विश्व स्याङबो तामाङ÷एलिसा घिसिङ तामाङ लगायतले अभिनय गरेका छन भने डाईरेक्सन–प्रशान्त तामाङको रहेको छ ।

उक्त म्युजिक भिडियो युट्युब च्यानल पारस घिसिङ तामाङ मार्फत सर्बजनिक गरिएको छ । पछिल्लो समयमा इजरायलका मञ्चहरुमा नियमित रूपमा आफ्नो प्रस्तुति दिदै आएका लामा सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । वैदेशिक रोजगारीको क्रममा देशबाहिर रहेर आफ्नो पेशा, जागिर, समाजसेवा, पारिवारिक कर्तब्य अनि ब्यस्तताबीच पनि गायक पारस लामा इजरायलको नेपाली सांगीतिक क्षेत्रमा आफुलाई अब्बल सावित गरिरहेका छन् ।

विभिन्न सामाजिक संस्थाबाट सम्मानित समेत हुदै आएका गायक तामाङको लेकाली डोल्मो पहिलो म्युजिक भिडियो भने होइन उनले यस अघि पनि लोक आधुनिक लगायतका विभिन्न गीत तथा म्युजिक भिडियोहरु सार्बजनिक गरि सकेका छन् । गायक तामाङका सार्बजनिक गीतहरुमा सोल्टीनी मेरी,तमोर नदी,आफ्नै देशको माया, कान्छी, आइ लभ यु, वेशी झरौला, लगायतका म्युजिक भिडियो युबुटमा हेर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend