logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका योजनाको अनुगमन


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र ९ २०८०

कमल । कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालनमा रहेको योजनाको सोमवार अनुगमन गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक प्रमिला न्यौपाने तिवारीको संयोजकत्वमा गरिएको अनुगमन समितिले गाउँ पालिका भित्र सञ्चालनमा रहेका विभिन्न योजनाको अनुगमन गरेको हो ।

समितिले अनुगमन गरेका योजनामा २ नम्बर वडा स्थित भुत्लुङ्ग टोल विकास सस्था अन्तर्गत पर्ने भुत्लुङ्ग खोलामा ढुङगेजाली निर्माण, ३ नम्बर वडा अन्तर्गत नेपाल टेलिकम छेउमा बक्स कल्भर्ट निर्माण, ७ नम्बर वडा मा पर्ने बक्स कल्भर्ट निर्माण र ४ नम्बर वडामा विभिन्न स्थानमा निर्माण गरिएको कालोपत्रे सडकका साथै २ नम्बर वडामा पर्ने क्याम्पा बजार देखी समयगड हुँदै सुनहरा चौक जोड्ने सडकको अनुगमन गरिएको अनुगमन गरिएको समितिका सदस्य तथा २ नम्वर वडा अध्यक्ष अशोक सुब्बाले जानकारी दिनु भयो ।

अनुगमनका क्रममा देखिएका गल्ति कमजोरीलाई निर्माण समिति र निर्माण व्यवसायीले सच्याएर मात्र योजना अगाडि बढाउने गरी समितिले सुझाव दिएको समिति संयोजक न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend