logo
शुक्रबार, साउन २९ २०८३

कमल ६ मा कालोपत्रे सडक निर्माण कार्य  धमाधम


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र ३ २०८०

  कमल ÷ कमल गाउँपालिका वडा नम्बर ६ ले विकास निर्माणलाई तिव्रता दिएको छ ।


वडाका हरेक टोल विकास संस्थालाई कालोपत्रे सडक सञ्जाल सँग जोड्ने उद्देश्यले वडाले कालोपत्रे सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडा कार्यालयले जनाएको छ ।


यसै क्रममा चालु आर्थिक वर्षमा विनियोजित रमक बाट  वडा कार्यालय देखी शंखडुब्बा सम्म करिब ४०० सय मिटर लम्बाइ रहेको  सडक निर्माणको अन्तिम अवस्थामा पुगेको छ ।


सडक निर्माणका लागी ४५ लाख रुपैयाँ विनियोजन भएपनि  २८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडकको निर्माण  कार्य अन्तिम अवस्थामा पुगेको वडा अध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend