logo
शुक्रबार, साउन २९ २०८३

जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • उमानाथ भण्डारी
  • शनिबार, चैत्र ३ २०८०

कमल ÷ कमल नगर जेसिसका आयोजना तथा कमल गाउँपालिका न्यायिक समितिको आर्थिक सहयोगमा जनतासँग न्यायपालिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कमल ५ स्थित एक पार्टी प्यालेसको सभाहालमा  सम्पन्न कार्यक्रममा  छिमेकी गाउँपालिका तथा नगरपालिका उपप्रमुख , न्यायिक समिति र मेलमिलापकर्ता बीच भगिनी सम्बन्ध स्थापना गर्नुका साथै छिमेकी गाउँपालिका तथा नगरपालिका न्यायपालिकाबीच गतिविधिहरूको बारे एक आपसमा जानकारी आदानप्रदान र न्यायिक समितिमा उजुरी पेश गर्दा आवश्यक कागजातको तयारी कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक कमलनगर जेसिजले जनाएको छ ।

कार्यक्रममा सहभागी न्यायिक समितिका संयोजक मध्ये दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई (प्रसाईं) ,शिवसतासी नगरपालिका उपप्रमुख नरमाया कार्की ,गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने (कुंवर),इलामको चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बू , कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले न्यायिक समितिमा रहेर पालिकामा न्याय सम्पादन गर्दाका अनुभव र चुनौतीका बारेमा आ आफ्नो अनुभव बारे जानकारी गराउनु भएको थियो ।

त्यस्तै पालिकामा रहेका न्यायिक समितिका सदस्य र मेलमिलाप कर्ताले समेत मेलमिलाप गराउँदा आईपरेका समस्या ,चुनौतीका विषयमा समेत आफ्नु अनुभव प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले न्यायिक स्थानियतह को कानुन अनुसार उपाध्यक्षलाई १२ वटा समितिको संयोजक रहने व्यवस्था मिलाउको छ । यति धेरै समितिको संयोजक भएर काम गरिरहँदा न्यायिक समितिमा रहेर न्याय सम्पादन गर्न अत्यन्तै चुनौति छ । अझैपनि कस्ता कस्ता मुद्धा न्यायिक समितिले हेर्न पाउने भन्ने सबैलाई जानकारी नभएकोले समेत समस्या आउनेगरेको उपाध्यक्ष न्यौपानेले बताउनु भयो ।

पालिकामा रहेका न्यायिक समिति तल्लो तहका न्यायपालिका नै हुन् । फौजदारी मुद्दा बाहेक देवानी प्रकृतिका सबै मुद्दालाई न्यायिक समितिले हेर्न पाउने गरी सम्बोधन भएको छ । गाउँसमाज बाट अदालतमा पुग्ने १० देखी १५ प्रतिशत मुद्दा न्यायिक समितिले घटाएका कारण हरेक जिल्ला अदालतको मुद्दाको भार घटेको प्रमुख अतिथि समेत रहनुभएका झापा जिल्लाका न्यायाधीश ईश्वरमणि ओझाले बताउनु भयो ।
कार्यक्रममा कमल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष केदार कटुवाल , प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य नेपाल जेसिज वर्ष २४ का कार्यकारिणी उपाध्यक्ष भीम बहादुर कुँवरलगायतले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।


कमल नगर जेसिज वर्ष २४ का अध्यक्ष जेसी देवी प्रसाद दाहालले पालिकाका विभिन्न तहमा रहेर कानुन अध्ययन नगरेपनि व्यवहारले अनुभव प्राप्त भएर न्याय निरुपण गरिरहनु भएका न्यायिक समित संयोजक, समितिका सदस्य मेलमिलापकर्ता लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा कमल नगर जेसिसका पूर्व अध्यक्ष, आजीवन सदस्य लगायतको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम सञ्चालन कमल नगर जेसिज वर्ष २४ का महासचिव जेसी रोशन अधिकारीले सञ्चालन गर्नु भएको थियो भने अन्तरकृया कार्यक्रमको सहजीकरण वर्ष २३ का अध्यक्ष , वर्ष २४ का अध्यक्षका सल्लाहकार  तथा नेपाल जेसिजका प्रशिक्षक जेसी नारायण बस्नेतले गर्नुभएको थियो । कार्यक्रमको संयोजक जनसम्पर्क अधिकारी जेसी मनिषा कठायत रहनु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend