logo
शुक्रबार, साउन २९ २०८३

जिल्ला प्रहरी कार्यालय झापा द्वारा फागुन महिनामा ३७,५१,४४० रुपैया बराबरको सामान बरामद


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र २ २०८०

कमल ÷ जिल्ला प्रहरी कार्यालय झापा फागुन महिना भित्र ३७ लाख ५१ हजार ४४० रुपैया बरामदको विभिन्न सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ ओसारपसार गर्दै गरेको अवस्थामा सो मुल्य बराबरको सामाग्री बरामद गरेको हो ।

प्रहरलिे बरामद गरेका सामानमा कस्मेटिक आइटम, किराना सामाग्री, लत्ताकपडा, सवारी साधनका पार्टस तथा बिधुतिय पार्टसहरु, सुर्तिजन्य पदार्थ सहित ९ वटा सवारी साधन र २६ वटा पशुचौपायालाई नियन्त्रणमा लिएको र ल्यसलाई आवस्यक कार्वाहीको लागी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी गरी  अदालत बाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका प्रतिबादीहरु मध्ये फागुन महिना भित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको छ । जस बाट १३ बर्ष ६ महिना ११ दिन कैद र १४ लाख ६५ हजार ७२२ रुपैया जरिवाना असुलउपर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend