कमल ÷ नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको आयोजना तथा विर्तामोड आँखा अस्पताल विर्तामोड झापाको प्राविधिक सहयोगमा एक दिने निः शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधी अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका सदस्यलाई लक्षित गरेर नि ःशुल्क आखा शिविर सञ्चलन गरिएको सस्थाले जनाएको छ ।
स्वास्थ्य शिविरमा पुरूष ९९ जना महिला १३५ जना गरी जम्मा २ सय ३४ जनाले आखाँ परिक्षण गराउनु शिविरमा आउनु भएका आखाका विरामीलाई आखा अस्पतालका डाक्टर विनोद दाहाल नेतृत्वको टोलीले परिक्षण गर्नु भएको थियो ।
शिविरमा आखाँ परिक्षण गराएका मध्ये १९ मा आखाँ सम्बन्धि विभिन्न समस्या देखीएकोले थप उपचारकोलागी विर्तामोड पठाईने सस्थाका व्यवस्थापक रविन सुब्बाले जनाकारी दिनुभयो ।
शिविरको उद्घाटन सत्र सेवाकेन्द्र संयोजक सन्तोष कुमार ईजमको अध्यक्षता र शिवसताक्षी वडा नं ६ का वडाध्यक्ष मनोज कुमार खुलाल कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
शिविरमा सस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेल , सदस्य सुर्य प्रसाद दंगाल, तिलरुपा सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।