कमल । शिवरात्रीका अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र दमकले विभिन्न कार्यक्रम गरी ८८ औँ त्रिमूर्ति शिव जयंती महोत्सव मनाएको छ ।
राजयोग सेवा केन्द्रले महान पर्व महाशिवरात्रिको पुनीत अवसरमा विश्वमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै शिवरात्रीको अवसरमा आध्यात्मिक रहस्य विषयक प्रवचन चैतन्य झाँकीको प्रदर्शन नृत्य एवं विविध सांस्कृतिक कार्यक्रम गरेर त्रिमूर्ति शिव जयंती महोत्सव मनाएका हो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले बिहान दमक स्थित कार्यालयमा झन्डोत्तोलन गरी दिउँसो कमल गाउँपालिका ३ केर्खामा र्याली गरी वन्डरल्यान्ड बोर्डिङमा औपचारिक कार्यक्रम गरिएको थियो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र दमककी प्रमुख सञ्चालिका ब्रह्मकुमारी राधा दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलक बहादुर भण्डारीले ईश्वरीय विश्वविद्यालयको परिचय गराउनुभएको थियो ।
कार्यक्रममा कमल गाउँपालिका ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोइराला प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रमका वन्डरल्यान्ड बोर्डिङ स्कुलका प्रिन्सिपल लक्ष्मीकान्त कोइराला तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका मेदनी उप्रेती तारानाथ भट्टराई र इन्दु न्यौपाने लगायतले आध्यात्मिक चिन्तनका विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन ब्रह्माकुमार विवेक अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।