logo
शुक्रबार, साउन २९ २०८३

अनेमसंघ  कमल गाउँ कमिटीको आयोजनामा   अन्तर वडा कमिटी स्तरीय हाजिरी जवाफ प्रतियोगिता 


  • उमानाथ भण्डारी
  • शनिबार, फाल्गुन २६ २०८०

कमल ÷ अखिल नेपाल महिला संघ कमल गाउँ कमिटीको आयोजनामा आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अन्तर वडा कमिटी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कमल गाउँपालिका ४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा प्रथम वडा नम्बर ६ भएको छ ।
त्यस्तै द्वितीय वडा नम्बर २ र तृतीय वडा नम्बर ३ भएको आयोजकले जनाएको छ ।विजेता वडाका टिमलाई प्रमाणपत्र र डायरी द्वारा पुरस्कृत गरिएको थियो ।

अखिल नेपाल महिला संघ कमल गाउँ कमिटी अध्यक्ष मनमाया शिवाकोटी अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य दुर्गा काफ्ले जिल्ला कमिटी सदस्य नर्वदा उप्रेती ,कमल गाउँ ईन्र्चाज नारायणप्रसाद गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालक हिमा नेपालीले गर्नु भएको थियो भने स्वागत मन्तव्य शान्ति साम्सुहाङ राई राख्नु भएको थियो भने हाविरी जवाफ प्रतियोगितामा सहभागीलाई नेकपा एमाले कमल गाउँकमिटी सचिव हरी ढकालले प्रश्न सोध्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend