logo
शुक्रबार, साउन २९ २०८३

बालअधिकारको प्रत्याभूतिबिना नयाँविश्व सम्भाव छैन : अधिकारकर्मी


  • कुइनेटो न्युज
  • सोमबार, फाल्गुन ७ २०८०

काठमाडौं । बालअधिकारको प्रत्याभूतिबिना‘नयाँविश्व’ सम्भावनभएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताकालागि उठौं, नयाँ विश्वबनाउँ भन्ने नारा सहित काठमाडौमा आयोजितविश्व सामाजिकमञ्चको आइतबार भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स कार्यक्रममाबोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राख्नुभएको हो ।

 

कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न बक्ताहरूले बालविवाह, भोकमरी, युद्ध, आप्रवासन, बेचबिखन, बाढीपहिरो, यौनव्यवसायलगायतका क्षेत्रमा बालबालिका र किशोरकिशोरीलाई लगाउनु दु्ःखदभएको बताउनु भएको छ ।
कार्यक्रममाअनलाइनमन्तव्य राख्दै युएन सीआरसी कमिटी अध्यक्षप्रो.आन स्केल्टनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतिकाबारेमा विचार विमर्श र छलफलले समस्याका सामधान गर्ने उपायखोजी हुने बताउनुभयो ।

 

सभालाई सम्बोधनगर्दै युएन सीआरसी कमिटीउपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्नआफू नेपालआएको बताउनुभयो ।

 

डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिकालागि एउटा न्यायमूलकविश्व स्थापना गर्न आवश्यक रहेको बताउँदै विश्वमा बिगँ्रदै गएको वातावरण जलवायु परिवर्तनकायसले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने बताइन् । उनले बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित पिछडिएका र आदीवासी बालबालिकाको सवालमा काम गर्न समेत जोड दिनुभयो ।

कार्यक्रममाबोल्दै वरिष्ठ बालअधिकारकर्मी तारक धितालले बालबालिका र किशोरकिशोरीको अधिकारको लागि परिर्वतन सहितको दबाबसिर्जना आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम बालबालिका र किशोरकिशोरीको अधिकार र उनीहरूको न्यायको लागिफलदायीहुने बताउनुभयो ।

 

कार्यक्रममाबोल्दै अधिकारकर्मी गौरी प्रधानले बालअधिकार पनिमानवअधिकार नै भएपनि मानवअधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताए । वहाँले बालबालिकाका सबालमा बालमैत्रीअलग्गै कानुन आवश्यक रहेको बताउनुभयो ।

 

अधिकारकर्मी डा. कुन्दनअर्यालले बालअधिकारको प्रत्याभूतिकालागिबाल सुरक्षा र बाल सहभागितामा जोड दिनु पर्ने बताए । उनले अहिले पनि विद्यालय शान्तिक्षेत्र अभियानको सार्थकता रहेको बताउँदै बालअधिकार प्रत्याभूतिकालागि भय रहित वातावरणको सुनिश्चितता गर्नु पर्ने बताउनुभयो ।

 

कन्सोर्टियम नेपालकाअध्यक्ष सन्तोष महर्जनले बालबालिकाकालागि न्यायपूर्ण विश्वबनाउनु पर्ने बताए । ‘हामीले फरक विश्वबनाउने भनेकाहोइनौं । सबै एकजुट भएर लाग्यौं भने यहिविश्वलाई न्यायपूर्ण विश्वबनाउन सकिन्छ भनेका हौं,’वहँले भनुभयो ।

 

उक्तकार्यक्रममाबालअभियन्ता मुस्कानखातुन, शिरमायापुन मगर, अभिनय चौहानलगायतले आ–आफ्ना अनुभव सुनानुभएको थियो ।

 

नेपालको गैरसरकारी संस्थामहासंघले संयोजन गरेको यो सम्मेलनमा विश्वकाविभिन्न ९१ मुलुकबाट सहभागिता रहेको बताइएको छ । आयोजककाअनुसार नेपाली र अन्तर्राष्ट्रिय गरी करिव १२ सय संघसंस्था कार्यक्रममा सहभागीकारूपमा जम्माभएका छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend