logo
शुक्रबार, साउन २९ २०८३

म तिम्रो बन्न सकिन


  • प्रमिला न्यौपाने तिवारी
  • शुक्रबार, फाल्गुन ४ २०८०

म तिम्रो बन्न सकिन
न त तिमी मेरो बन्यौ
बाटो रोज्यौ ब्रह्मलिनको
भयौ प्यारो भगवानको
मायामा मिठास हुन्छ भन्छन्
तर खै कहाँ छ त्यो मिठास?
म आफै भित्र खोज्दैछु ।
सबैलाई खुशी पार्न
कति मेहनत गरौ त?
आफ्ना आकांक्षाहरुको
हरेक पटक आफै मलामी बनी
दाहसंस्कार गरिरहेकी छु।
आखिर के छ र जीवन
एक भारी दाउरा
एउटा सलाईको काँटी
एक बोतल मट्टीतेल
तर पनि तेरो मेरो भनी
भागबन्डामै बितीजाने भो
सोचका कथित छुद्र भावनाहरु
समुन्द्र झै बगेकै त छन्
न म रोक्न सक्छु न त मेरो समाज
बस आफै आफ्ना आँसु छोप्नमै अभ्यसत छु
अनि मेरा मनका भावनाहरु
एउटा कथाको गन्तव्यहीन पात्र बनी
 यात्रामा होश हराएझै
भौतारिरहने भए।
त्यसैले म तिम्रो बन्न सकिन
न त तिमी मेरो बन्यौ
बाटो रोज्यौ ब्रम्हलिनको
भयौ प्यारो भगवानको
लेखक :  कमल गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend