कमल ÷ झापाको कमल गाउँपालिका ३ स्थित निहारीका माध्यमिक विद्यालयको नव निर्मित भवनको आज एक कार्यक्रमका बिच कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गर्नु भएको छ ।
२९औं अक्षरारम्भ दिवसको अवसर पारेर विद्यालयको नव निर्मित भवनको विधिवत पूजा अर्चना पछि गाउँपालिकाका अध्यक्ष राईले रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।

करिब ३ करोड रुपैयाको लागतमा निर्माण गरिएको भवन चार तलाको रहेको छ भने भवनमा १९ कोठा रहेको विध्यालयका संस्थापक युवराज बरालले जानकारी दिनुभयो ।
भवन उद्घाटनका कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद काेईराला, प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, जिल्ला सदस्य त्रिलोचन गौतम, शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल , नेपाल शिक्षक संगठन कमलका अध्यक्ष मधुसुदन अधिकारी, प्याव्सन कमलका अध्यक्ष बदीराम राई, अध्यक्षका स्वकिय सचिव रोशन दाहाल ,केर्खा बजार व्यवस्थापन समितिका अध्यक्ष तथा कमल नगर जेसिजका अध्यक्ष देबेन्द्र दाहाल,कमल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारी, एनएमवि बैक केर्खा शाखा प्रमुख चित्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
आज बसन्त पन्चमी समेत परेकोले विध्यालयमा सरस्वती पुजा गरी प्रसाद समेत वितरण गरिएको विध्यालयका प्रिन्सिपल गोपाल पाण्डेले बताउनु भयो ।