logo
शुक्रबार, साउन २९ २०८३

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद


  • कुइनेटो न्युज
  • सोमबार, माघ २९ २०८०

झापा ÷नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन्।

महासङघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको बन्द सत्रले नेपाल आगामी दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। विराटनगरको एमके पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनले महासङघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्ष द्धयपदमा उदयपुरका घनश्याम पोखरेल रसुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै मोरङका दिवाकर भट्टराई सचिव र मोरङका गौतम शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। यस्तै झापाका टंकप्रसाद भट्टराई सहसचिव पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए ।

यस्तै सदस्यमा मोरङबाट नवीन रेग्मी, यतिराज पोखरेल, माधव बराल, परमानन्द सिंह, चुनामणि घिमिरे, जीवन लुइटेल र हेमा कुमारी घिमिरे निर्वाचित हुनुभएको हो ।

यस्तै सुनसरीबाट प्रदेश सदस्यमा जीवन लुइटेल, अनिल जोशी, मनोज कुमार यादवनिर्वाचित भएका छन्। ताप्लेजुङबाट भुमा देवी पोखरेल र धनकुटाबाट युवराज निरौला निर्वाचित हुनुभएको हो ।

यस अघिको उद्घाटन सत्र प्रदेश प्रमुख परशुराम खापुङ ले सरस्वतीको प्रतिमामा माल्यार्पण गर्दै दीप प्रज्वलन गरेर भव्य उद्घाटन गरेका थिए। अधिवेसनको उद्घाटन गर्दे उनले कोशी प्रदेश पुस्तक तथा स्टेसनरी व्यवसायीको पक्षमा रहेको बताए । प्रदेश प्रमुख खापुङले व्यवसायीका यावत समस्या प्रदेश सरकारले बुझेको बताएका छन् । पुस्तक तथा स्टेसनरी व्यवसायीसँगको संवाद, छलफल र व्यवसायी संग सहकार्य गरेर व्यवसायीका मार्कालाई प्रदेश सरकारले सम्बोधन गर्ने उनले बताउनुभयो ।

विद्यालय तहका शैक्षिक सामाग्रीको अबैध बिक्री बितरणमा पुर्णत प्रतिवन्ध लगाउन प्रदेश सरकार तयार रहेको उनले बताए । प्रदेशका कुनै पनि विद्यालयले विद्यालय हातामा शैक्षिक सामाग्रीको विक्री वितरण गरेको पाईए सरकारले नियमन गरि कार्वाही गर्ने पनि उनले बताउनुभयो ।
कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेस कोइराला, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका केन्द्रिय निवर्तमान अध्यक्ष मनहरी वस्याल, वरिष्ठ उपाध्यक्ष दीवाकर घिमिरे, केन्द्रिय महासचिव शिवहरी शर्मा, सचिव विष्णु पौडेल, पुर्व उपाध्यक्ष ऋषीराम शर्मा, मात्रिका सिवाकोटी र झापाका अध्यक्ष विनोद सापकोटा लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

अधिवेसनको बन्द सत्रमा सचिव माधव अधिकारीले महासङघको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गौतम शर्माले आर्थित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम महासंङघका प्रदेश अध्यक्ष रन्जन शर्माको अध्यक्षतामा भएको थियो ।

यसैविच सो कार्यक्रममा ०२२ साल देखि नियमित पुस्तक तथा स्टेसनरी व्यवसाय गर्दे आएका झापा गौरिगञ्जका रुपक श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई सम्मान पत्र सहित प्रदेश प्रमुख खापुङले माला र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend