कमल । कमल गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबार बाट सुरु भएको छ ।
कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालले उद्घाटन गर्नु भएको थियो ।
आज बाट सुरुभएको प्रतियोगिता २९ गते समापन हुने छ । प्रतियोगितामा १० वटा सामुदायिक र ८ वडा संस्थागत गरी जम्मा १८ वटा विद्यालयका खेलाडी बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कवड्डी, कराँते, हाईजम्प, लमजुङ, तेक्वान्दो, उसु सट फुट र दौड लगायतका खेल हुने छन् ।
मानव विकासका लागी शिक्षाले मात्र हुँदैन त्यसकालागी स्वास्थ्य पनि आवश्यक पर्छ । स्वास्थ्य राम्रो हुनका लागी खेलकुद अनिवार्य छ । विद्यार्थीहरू बिच हुने यस्ता प्रतियोगिताले विद्यार्थी लाई मानसिक र शारीरिक रुपमा समेत तन्दुरुस्त गराउने जिल्ला समन्वय समिति झापाका सभापति बरालले बताउनु भयो ।
खेलकुद मात्र यस्तो कला र अभ्यास हो जसले समाज र राष्ट्रलाई चिनाउन मद्दत गर्छ । खेलकुद जिवनका लागी अपरिहार्य रहेको बताउँदै गाउँपालिकाले आयोजना गरेको यस प्रतियोगितामा सहभागी हुनु भएकोमा सम्पूर्ण विद्यालय र खेलाडीलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले धन्यवाद दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा जनप्रतिनिधि, राजनीतिकदलका प्रमुख, स्थानीय सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, गाउँपालिका स्तरीय शिक्षा समितिका सदस्य, लगायतको उपस्थिति रहेको थियो । खेलकुद उपसमितिका सचिव बदीराम राईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने शिक्षा शाखाका प्राविधिक रविन गौतमले सञ्चालन गर्नु भएको थियो ।

यो समाचार तयार पार्दा सम्म छात्र तर्फको सट फुटमा शहीद धर्मभक्त माध्यमिक विद्यालय कमल ३ ले १ स्वर्ण, वण्डरल्याण्ड वोडिङ्ग स्कुल कमल ३ ले १ रजत र लालिमा आवासीय माध्यमिक विद्यालयले कमल ३ एक काश्य प्राप्त गरिसकेको छ ।
त्यस्तै छात्र तर्फको सट फुटमा लालिमा आवासीय माध्यमिक विद्यालयले कमल ३ ले १ स्वर्ण, बाँसवारी माध्यमिक विद्यालय कमल १ ले १ रजत र शहीद धर्मभक्त माध्यमिक विद्यालय कमल ३ ले १ काश्य वण्डरल्याण्ड वोडिङ्ग स्कुल कमल ३ ले १ काश्य र लालिमा आवासीय माध्यमिक विद्यालयले एक काश्य प्राप्त गरिसकेको छ ।