logo
शुक्रबार, साउन २९ २०८३

कमला मदन आश्रितको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मानित र पुरस्कृत


  • उमानाथ भण्डारी
  • शुक्रबार, माघ २६ २०८०

कमल ÷ झापाको कमल गाउँपालिका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले विहीवार आफ्नो ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सवको कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो ।

कार्यक्रम उद्घाटन पछि आफ्नो शुभकामना मन्तव्यका क्रममा राईले भन्नुभयो जबसम्म सबै बालकालिका शिक्षाको पहुँच सम्म पुग्दैनन् तब सम्म विकास सम्भव छैन । त्यसैले गाउँपालिकाले सबै बालबालिका सम्म शिक्षाको पहुँच पुर्याउँदै शैक्षिक गुणस्तर अभिवृद्धीका लागी काम गरिरहेको प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष राईले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, शिक्षा समिति सदस्य नारायण प्रसाद गौतम, शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिक लगायत ले वार्षिकोत्सव तथा अभिभावक दिवस सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।


त्यसैगरी २०७९ सालको एसईई परीक्षामा विषयगत तर्फ उत्कृष्ट नतिजाको आधारमा विद्यालयमा कार्यरत शिक्षकलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने शिक्षक हरु मा दोप्रासद लिम्बू (ऐच्छिक गणित), विमला भट्टराई (नेपाली ) र यजुर्वेदानन्द प्रसाद भट्टराईलाई (स्वास्थ , जनसंख्या तथा वातावरण ) नगर ५ हजार रुपैयाँ सहित कदर पत्र द्वारा सम्मान गरिएको थियो । भने विद्यालयको शिक्षण सिकाईलाई प्रविधि मैत्री बनाउँदै शैक्षिक सुधारका लागी १२ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालयले जनाएको छ ।
त्यस्तै विभिन्न व्यक्तिहरू द्वारा स्थापित अक्षयकोष बाट छात्रवृत्ति प्रदान गरिएको छ ।

जसमा सोमनाथ रेग्मी अक्षयकोष बाट कक्षा १२ उत्कृष्ट नतिजाका साथमा प्रथम स्थान हासिल गर्ने मनिषा दाहाललाई ३६ हजार नगद ,प्रकाश खड्का २४ हजार नगद द्वारा पुरस्कृत गरिएको थियो ।

नेत्र बहादुर श्रेष्ठ स्मृति पुरस्कार बाट २०७८ सालको एसईई मा उत्कृष्ट नतिजा ल्याउने आस्मा ढकाल (५०००) रविना पौडेल(४०००) सौरभ अधिकारी (३०००) तथा २०७९ को एसईई मा उत्कृष्ट नतिजा ल्याउने राहुल राजवंशी (५०००), दिपेश ढकाल (५०००) विवेक अधिकारी (४०००)

श्रीमाया लिङ्देन स्मृति पुरस्कार २०७८ बाट धनहाङ लिम्बू (५०००) ,मिना विक (४०००) मनिस खड्का(२५००) र २०७९ तर्फ मविना राई(२५००) र कविता दमाइ (२५००)

कार्यक्रममा विभिन्न समयमा विद्यालयलाई सहयोग गर्ने कारितास नेपाल दमक, होलसेल व्यावसायी संघ दमक, पुर्व विद्यार्थी समाज लगायत संघ संस्थालाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयमा अध्ययनरत जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागी तोपगाछी धरमपुर मैत्री समाजका तर्फ बाट ४ लाख रुपैयाँको अक्षयको स्थापना गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति का अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक आइत बहादुर राई ले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको भने शिक्षक यामनारायण प्रधानले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend