logo
शुक्रबार, साउन २९ २०८३

पत्रकार सहारा उपचार कोष

ढुंगाना दम्पती द्वारा ३ लाख ५१ हजार सहयोग


  • कुइनेटो न्युज
  • बुधबार, माघ २४ २०८०

बिर्तामोड । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गर्नु भएको हो ।

                                                                                                                ढुंगाना दम्पत्ति

कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक अहिले सम्मको सबैभन्दा बढी हो ।

ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्नुभयो ।

 

झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै ढुंगानाले प्रशंसा गर्नुभएको छ । झापा बिर्तामोड ५ का स्थायी वासिन्दा ढुंगाना कनकाई एजुकेशन फाउण्डेशन र श्रीजय ड्रिमल्याण्ड पार्कका संस्थापक हुनुहुन्छ ।
ढुंगानाले शैक्षिक, सामाजिक, मानवीय र धार्मिक क्षेत्रमा विगत देखि नै योगदान गर्दै आउनु भएको छ ।

महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा ढुंगाना दम्पत्तिलाई खादा पहिर्याएर धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको सहजीकरण महासंघका उपाध्यक्ष केशव भट्टराईले गर्नुभमएको थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

कोषमा एक करोड रुपैयाँ पुग्न लागेकाले आवश्यक रकम जम्मा भएपछि महासंघले सो को घोषणा तथा दाताहरुलाई सम्मान गर्ने जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend