logo
शुक्रबार, साउन २९ २०८३

अंग्रेजी माध्यमका साथै प्रविधी मैत्री शिक्षण सिकाईकाले सामुदायीक विध्यालय तर्फ विध्यार्थीको आकर्षण बढ्दो


  • उमानाथ भण्डारी
  • सोमबार, माघ २२ २०८०

कमल ÷ सामुदायीक विध्यालयमा अंग्रेजी माध्यमका साथै प्रविधी मैत्री शिक्षण सिकाई द्वारा पढाई हुन थालेपछी पछिल्लो समय सामुदायीक विध्यालय तर्फ विध्यार्थीको आकर्षण बढ्न थालेको छ ।

यसको जलन्त उदाहरणको झापाको कमल गाउँपालिका २ मा रहेको नमुना विध्यालय विकास कार्यक्रम अन्तर्गत छनौटभई सन्चालनमा रहेको कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय ।

विध्यालयले अंग्रेजी माध्यम का साथै प्रविधी मैत्री शिक्षण सिकाई बाट पठन पाठन सूरु गरेपछी संस्थागत विध्यालयमा अध्यायनरत विध्यार्थीको समेत सामुदायीक विध्यालय तर्फ आकर्ण बढ्न थालेको कमल २ स्थित कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय कक्षा ९ मा अध्यायनरत छात्र खेममणी अधिकारी बताउनुहुन्छ ।

प्रविधी मैत्री शिक्षण सिकाई सुरु भएपछि विध्यार्थिलाई धेरै सहज भएको छ । कुनै विषयको शिक्षक अनुपस्थितीहुदा त्यतिकै खेलेर बस्ने विध्यार्थी अहिले प्रविधीलाई प्रयोग गरेर धेरैकुरा सिक्ने गरेको सोही विध्यालयमा अध्यायनरत छात्रा कमल न्यौपाने बताउनुहुन्छ ।

प्रविधी संग जोडिएकोले हामिलाई धेरै सहज भएको छ । कुनै पनि समस्या भएमा प्रविधीको माध्याम बाट त्यसलाई तुरुन्तै समाधान गर्न सहयोग पुगेको छ । हिजो किताबको मात्र भर पर्नुपर्ने बाध्यता थियो आज प्रविधीले शिक्षक र विध्यार्थी दुबैलाई अत्यन्तै सहज बनाएको विध्यालयमा कार्यरत शिक्षक यामनारायण प्रधान बताउनुहुन्छ ।

हरेक गाउँपालिकामा एउटा नमुना विध्यालयको अवधारण अनुसार कमल गाउँपालिकाले यस विध्यालयलाई नमुना विध्यालय विकास कार्यक्रम अन्तर्गत छनौट भई कार्यक्रम सञ्चालन भएको छ ।

हामी विध्यालयलाई प्रविधी मैत्री बनाउन हामी लागी परेका छौ । हरेक कक्षा कोठामा ईन्टरनेट र सबै शिक्षकलाई ल्यापटप पुर्याउने कार्यक्रम रहेको विध्यालयका प्रधानाध्याक हिम प्रसाद दाहालले बताउनु भयो ।

सामुदायीक विध्यालयमा अग्रेजी माध्यम बाट शिक्षण सिकाईले गर्दा पछिल्लो समय विध्यालय तर्फ अभिभावक र विध्यार्थीको आकर्षण बढ्न थालेको छ । तर अंग्रेजी माध्यमको पढाईले मात्र शैक्षिक गुणस्तर सुधार्न भने पटक्कै सकिदैन ।

 

अग्रेजी माध्यमको पढाईका कारण सामुदायिक विध्यालयमा विध्यार्थीको संख्यात्मक वृद्धी त हुन सक्छ तर त्यसलाई दिर्घकालिन रुपमा टिकाई राख्न निकै चुनैती छ । अझैपनि कतिपय सामुदायीक विध्यालयमा भौतिक संरचना पर्याप्त मात्रामा छैन । यसतर्फ अभिभावक, व्यवस्थापन समिति लगायत सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend