logo
शुक्रबार, साउन २९ २०८३

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं ः मुख्यमन्त्री कार्की

कमल कोशी प्रदेश कै पहिलो वालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका घोषणा


  • उमानाथ भण्डारी
  • आइतबार, माघ २१ २०८०

कमल ÷ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको  बताउनु भएको छ ।

शनिवार झापाको कमल गाउँपालिकालाई देशको २३ औं बालमैत्री पालिका कोशी प्रदेशको चौथो पालिका र कोशी प्रदेश कै पहिलो गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका घोषणा गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।

साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको कार्कीले बताउनु भएको छ ।

भौतिक विकासलाई मात्र विकास हो भनेर नहेर्न आग्रह गर्दै । आगामी दिनमा सरकार भौतिक विकासमा मात्र केन्द्रित नभएर मानवीय विकासमा केन्द्रित हुनुपर्ने बेला आएको मुख्यमन्त्री कार्कीले बताउनु भयो ।

अब दिनमा बालबालीकामा लगानी गर्ने बेला आएको छ । बालबालिका भनेका भोलिको देश बनाउनेहुन् त्यसैले आव भोटमा होईन बालबालिकाको ,शिक्षा, स्वस्थ्यमा लगानी गर्नुपर्छ भनेर प्रदेश सरकारले दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभयो ।

त्यसैगरी आर्थिक अभावका कारण उच्च शिक्षा लिन बाट बन्चित बालबालिकालाई उच्च शिक्षा अध्यायनकालागी प्रदेश सरकारले व्यवस्था मिलाएको छ । चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको समेत कार्कीले बताउनु भयो । बालबालिकाक्रो मनोविज्ञान बुझेर अभिभावकहरुले बालबालिकाहरुलाई समय दिनुपर्नेमा समेत वहाले जोड दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेश सभासद होम बहादुर थापा, कमल गाउँपालिकाका निवर्तमान अध्यक्ष मेनुका काफ्ले, शिक्षा विकास तथा समन्वय ईकाई झापामा प्रमुख राजकुमार विक लगाएतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका घोषणा अभियान सफल बनाउन महत्व पुर्ण योगदान पुर्याएकोमा गाउँपालिकाका पुर्व अध्यक्ष मेनुका काफ्लेलाई अभिन्दन गर्नुका साथै पुर्व जनप्रतिनिधी, बालमैत्री अभियान्ता सुमन ढकाल ,विभिन्न संघ सस्था, विध्यालय गाउँ र वडा बाल संजाललाई सम्मान गरिएको थियो ।

त्यस्तै पहिलो बालमैत्री वडा घोषणा भएकोमा वडा नम्वर ४, विध्यालय तर्फ ज्योति माध्यमिक विध्यालय कमल २, एसईई २०७९मा उत्कृष्ट नतिजा ल्याउन सफल विध्यार्थीमा सरस्वति माध्यमिक विध्यालय कमल ७ का नविन दाहाल र वण्डरल्याण्ड वोडिङ्ग स्कुल कमल ३ की छात्रा अनुदिता कोईरालालाई समेत सम्मान र पुरस्कृत गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईल गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका घोषणा लाई कार्यान्वयन गर्ने बारे गाउँपालिकाको तर्फ बाट प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले पालिकाको तर्फ बाट घोषणा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले शाब्दिक शाब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने र बाल संजालका तर्फ बाट अनिल पराजुली, रन्जना बस्नेत र मिना पराजुलीले सन्चालन गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend