कमल ÷ झापाको कमल गाउँपालिकाले बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणाको तयारीका विषयमा आज पत्रकार सम्मेल गरेको छ ।
गाउँपालिकाले आगामी माघ २० गते कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणाको तयारी पुरा भएको विषयमा आज गाउँपालिकाको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
“खुशी राखौं बालबालिकाको मुहार , बालमैत्री कमल समृद्धिको आधार ” भन्ने नाराका साथ कमल गाउँपालिकालाई देशकै २३ औं तथा कोशी प्रदेशको चौथो पालिका र प्रदेश कै पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी पुरा भएको माघ २० गतेका दिन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमामा गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गरिने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्नका लागी आवश्यक सूचकहरू मध्ये बाल बचाउ का १४, बाल संरक्षणका १० ,बाल विकासका ६ , बाल सहभागिताका ६ र संस्थागत १५ वटा सबै सूचक पुरा भएको छ ।
यसअघि विभिन्न मितिमा गाउँपालिकाका सत वटै वडा लाई बालमैत्री वडा घोषणा गरिएको थियो
गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणाको लागि सर्वप्रथम २०७७ साल फागुन १२ गते गाउँपालिका स्तरीय बालमैत्री अभिभुखिकरण कार्यक्रमबाट सुरु गरी २०७८ साल भित्र गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ गाउँपालिका लागिपरेको थियो ।
गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा भएपनि यसको अन्त्य कहिलै नहुने बालमैत्री घोषणा अभियानका सहजकर्ता सुमन ढकालले बताउनु भयो । यो अभियानको सुरुवात हो यसका हरेक सूचक नियमित रुपमा पुरा भए नभएको स्थानीय राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीले महत्वपूर्ण भूमिका हुने सहजकर्ता ढकालले बताउनु भयो ।
गाउँपालिका बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा हदै गर्दा बाल क्लबहरू पनि निकै सकृत् भएका छन् बालक्लबमा आवद्ध बालबालिकाले आफ्नो क्षमता अभिवृद्ध, बालबालिका लक्षित कार्यक्रम सञ्चालनका लागी पालिका सम्म आफै आएर प्रस्ताव पेश गर्ने गरेको उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा कार्यक्रमलाई सफल बनाउनका लागी कमल गाउँपालिकाका स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक स्थानीय संघसंस्था सरोकारवाला निकाय तथा समुदाय, बालसञ्जालका पदाधिकारी लगायत सम्पूर्णका बालमैत्री गाउँपालिका घोषणा कार्यक्रमलाई सफल पत्रकार सम्मेलन मार्फत अनुरोध गरिएको गाउँपालिकाल जनाएको छ ।
पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले गर्नु भएको थियो ।