कमल ÷ झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आज दोश्रो दिन प्रभातफेरी सहित विद्यार्थी बिच विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम सम्पन्न भएका छन् ।
आज सम्पन्न भएका प्रतियोगिता अन्तर्गत हाजिरी जवाफ, स्मरणशक्ति , भित्री वाहिरी, दौड प्रतियोगिता र शिक्षक कर्मचारी बिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएका छ ।
हाजिरी जवाफ तर्फ कक्षा ९ देखी १२ सम्म को प्रतियोगितामा प्रथम मोहन खड्का, राकेश कोइराला र आस्था नेम्वाङ हुनुभएको छ । त्यस्तै द्वितीय पुष्पा लम्जेल, प्रशा बानियाँ र दिपेश बास्तोला र तृतीय अनुप गौतम युनिसा गुरुङ्ग र समिक्ष राई हुनुभएको थियो ।
त्यस्तै कक्षा ६ देखी ८ सम्म को प्रतियोगितामा प्रथम रोजिना पौडेल, आदित्य ढकाल र प्रिया माझी द्वितीय सन्देश सहनी, रचना कार्की र गृष्मा लिम्बू तृतीय प्रश्न लिम्बू, रेसमा खान र सुष्मा पोख्रेल हुनुभएको छ ।
स्मरणशक्ति तर्फ प्रथम डोमा गुरुङ्ग, द्वितीय सुप्रिम पोख्रेल तृतीय सुदीक्षा लिम्बू त्यस्तै भित्री बाहिरी तर्फ प्रथम समिर नेपाली द्वितीय सुन्निमा राई तृतीय मन्दिप बस्नेत हुनुभएको छ ।
तातुआलु तर्फ प्रथम रचना श्रेष्ठ द्वितीय जेनिसा गुरुङ्ग र निलिमा राई हुनुभएको छ ।
त्यस्तै ८०० मिटर को दौडमा छात्र तर्फ प्रथम मनोज भण्डारी द्वितीय दिपेश बास्तोला र तृतीय रविन राई तथा छात्रा तर्फ नम्रता धिताल द्वितीय चोमु सेर्पा तृतीय एलिना तामाङ्ग बिजयी भएका छन् ।
१५०० मिटर तर्फको दौडमा छात्र तर्फ मनोज भण्डारी द्वितीय रबिन राई तृतिय दिपेश बास्तोला तथा छात्रा तर्फ चोमु सेर्पा द्वतिय नम्रता धिताल र तृतीय एलिना तामाङ्ग बिजय भएका छन् ।
आज सम्पन्न प्रतियोगताका विजेता विध्यार्थीलाई भोलि ( मंगलवार) सम्पन्न हुने ५६ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले बताउनु भयो ।