कमल ÷ आज राष्ट्रिय नर्सिङ्ग दिवस देशभरका अस्पतालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यसैक्रमा झापाको कमल २ स्थित कमल नगर अस्पतालले समेत राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ ।
कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको अध्यक्षतामा नर्सिङ्ग दिवस विशेष कार्यक्रम मनाईएको हो ।
उपाध्यक्ष न्यौपानेले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा प्रवाहगर्न नर्सहरुलाई सुझाव दिनुभएको थियो भने अस्पतालमा कार्यरत नर्सिङ्ग कर्मचारीहरुलाइ अविर खादा लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कमल नगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा फुलक चन्द्र लावती, मेडिकल अधिकृत डा. रबिन्द्र शर्मा, कार्यालय प्रमुख सिअहेब टिकाराज बर्देवा, नर्सिङ्ग कर्मचारी इमान्सरी राई, हेमा देवि मगर, सबिता गुरुङ्ग , बिनुता सङ्रग्रौला , प्रतीक्षा शाह, अन्जना सापकोटा तथा अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु र सेवाग्राहिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कमल गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक दिपक दाहाले जानकारी दिनुभयो ।
सोहि अवसरमा कमल नगर अस्पताल मा कार्यरत नर्सिङ्ग कर्मचारी अन्जना सापकोटाको आज जन्मदिन परेकोले उहालाई जन्मदिनको अवसरमा शुभकामना ब्यक्त गर्दै जन्मउत्सव समेत मनाइको थियो ।