कमल÷ कोशी प्रदेशका समामुख अम्बर बहादुर विष्टले सहकारी सस्था संकटमा पर्नुका मुलतः तीनवाट कारण रहेको बताउनु भएको छ ।
सो कुरो आइतवार दमकमा सम्पन्न प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ को तेश्रो वार्षिक साधारण सभाको उद्घाटन पछि आफ्नो शुभकामना मन्तव्यका क्रममा सभामुख विष्टले बताउनु भएको हो ।
वहाँका अनुसार कतिपय सहकारी सञ्चालकहरुको नियत खराव भएको , कतिको नियत सही भए पनि सहकारी सञ्चालन सम्बन्धीको ज्ञानको अभावका कारण सहकारी धारासायी बन्दै गएका छन् भने कुनै सहकारीमा राजनिति पस्ने गरेका कारण सहकारीहरु संकटमा परेको बताउनु भयो ।
।
नियम विपरित चलेका एकदुई बटा खराव सहकारीको हल्लाका पछि लागेका कारण कतिपय सहकारीले चुनौतीको समाना गर्नु परिरहेको छ । अर्को तर्फ सहकारी भित्र राजनिती प्रवेश गरेका कारणले समेत सहकारीहरु समस्यामा परेको बताउदै आगामी दिनमा त्यसलाई सुधार गर्नेतर्फ आफुलाग्ने सभामुख विष्टले बताउनु भएको छ ।
त्यसैगरी कोशी प्रदेशका सभासद होम बहादुर थापाले सहकारी मिलेर अघि बढ्नु पर्ने बेला आएको छ । यस्तो अवस्थामा विशिष्टिकृत सहकारी संघ मार्फत धेरै कार्यक्रमहरु सदस्य माझ लानसकिन्छ जसले गर्दा सदस्यलाई उत्पादनमा जोड्न सकिने छ भने सहकारी मार्फत उत्पादनगरी विक्रिवितरण गरिका बस्तु स्वस्थ्य र गुणस्तर हुनुपर्छ भन्ने तर्फ अबका दिनमा सहकारीहरुले ध्यान दिनुपर्ने बेला आएको सभासद थापाले बताउनु भएको छ ।
कार्यक्रममा कृषि केन्द्रिय संघकी उपाध्यक्ष मिना ढकाल ,बचत तथा ऋण सहकारी संघका झापा अध्यक्ष तुलाराम न्यौपाने लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सस्थाका अध्यक्ष महेन्द्र गिरीले प्रतिवेदन प्रस्तुत गर्दै सस्थाले अहिले हाल चिया, मह र तोरीको तेल उत्पदनगरी सदस्यमाझ विक्रि वितरण गरिरहेको र आगामी दिनमा बेसार, कफी, सुदोनून थपगरी प्याकेजिङ्ग र बजारीकफापरको पिठो, मकैको चामल लगायतमा बस्तु बजारी करण गर्ने लक्ष्य लिएको अध्यक्ष्य गिरीले बताउनु भयो ।
कार्यक्रम संघका सचिव प्रेम सापकोटाले सन्चालन गर्नु भएको थियो भने उपध्यक्ष टिकदत्त वनले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।