logo
शुक्रबार, साउन २९ २०८३

कमलनगर जेसिजको आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण


  • उमानाथ भण्डारी
  • शुक्रबार, माघ १२ २०८०

कमल÷ कमलनगर जेसिजको आज आठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कमल ५ स्थित रोड स्टार पार्टी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रमको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थयो ।

कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीले वर्ष २०२४ का अध्यक्ष जेसी देवी प्रसाद दाहाल (देवू) लाई आफूले लगाएको चेन प्रदान गरी पद हस्तान्तरण गर्नु भएको थियो । पद हस्तारण पछि बोल्दै आफ्नो कार्यकालमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावलाई धन्यवाद सहित आभार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जेसिज द्वारा वर्ष २०२३ मा सञ्चालन गरेका कार्यक्रमका संयोजक लगायत कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिलाई पुरस्कृत तथा सम्मान गरिएको वर्ष २०२३ का महासचिव हरि अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा कमल नगर जेसिजका पूर्व अध्यक्ष, आजीवन सदस्य, जनप्रतिनिधि , जेसिजका विभिन्न शाखाका अध्यक्ष, कमल गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापक, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी प्रविण खड्काको संयोजकत्वमा सम्पन्न भएको गियो ।

 

कमल नगर जेसिज वर्ष २०२४ का लागि अध्यक्षमा दाहाल निर्वाचित

 

कमलनगर जेसिजको वर्ष २०२४ का लागी अध्यक्षमा जेसी देवी प्रसाद दाहाल (देवू) निर्वाचित हुनु भएको छ ।

त्यस्तै त्यसैगरी कार्यकारिणी उपाध्यक्ष जेसी हरि अधिकारी र जेसी लोकबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा जेसी विजय खतिवडा ,जेसी अशोक कार्की, जेसी भूमिका चापागाईँ र जेसी निशान्त सापकोटा महासचिव जेसी रोशन अधिकारी जेसी नविना निरौला निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक जेसी छत्रपति खनाल गोपालले जानकारी दिनुभयो ।

त्यसैगरी कोषाध्यक्ष जेसी पुण्य राय, कानुनि सल्लाहकार जेसी तीर्थ पौडेल, तालिम निर्देशक जेसी कमला दाहाल , जन सम्पर्क अधिकारीमा जेसी मनिषा कठायत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक खनाल ले जानकारी बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend