कमल ÷ बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका १ मा रहेको सहकारीको चौथो वार्षिक साधारण सभाको सहकारी अभियन्ता रामचन्द्र उप्रेती र वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवालले सयुक्त रुपमा पानमा बक्ति बालेर सभाको उद्घाटन गर्नु भएको थियो ।
बहुउद्देश्यीय संयुक्त सहकारी कृषी फर्म कमल गाउँपालिकामा रहेका नवोदय, पुर्वनेपाल र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले विगत चार वर्षदेखि ४८ बिघा जमिन लिजमा लिएर संयुक्त रूपमामा खेती गर्दै आएका छन् ।
आफ्नो उद्देश्यीय अनुसार नचलेका धेरै सहकारीहरु धराशायी बन्दै गएका छन् । सहकारीले आफ्ना सदस्य हरूको हरेक सुख दुःखमा साथ दिनै सदस्यलाई उद्यमशीलता संग जोडेका सहकारीहरु आज सफल बन्दै गएका छन् ।
नाफा बाढ्ने होडबाजीमा चलेका सहकारी अहिले समस्यामा आएका छन् । तर अब क्रमश सहकारीमा मन भएका एक ठाउमा हुने छन् भने धन भएका आफै पाखा लाग्दै जानेछन् र सहकारीको वातावरण सग्लिँदै जाने सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले बताउनु भयो ।
कतिपय सहकारीका गलत गतिविधिका कारण सहकारी प्रति सदस्यका प्रशस्तै गुनासा थिए । त्यसलाई चिर्दै सहकारी संस्थाले आफ्नो उद्देश्यीय अनुरूप चल्नु पर्छ भन्ने मान्यता राखेर संयुक्त रुपमा चक्लाबन्दी खेती सुरु गरेको छ । पछिल्लो समय बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्म प्रति सबैको विश्वस बढ्दै गएको छ । आगामी दिनमा अझ राम्रो सँग सञ्चालन मा ल्याउनका लागी वडाको तर्फ बाट पूर्णरुपमा सहयोग गर्ने वडा अध्यक्ष केदार कटुवालले बताउनु भयो ।
फर्मका अध्यक्ष सीताराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सहभागीलाई पुर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटाले स्वागत गर्नु भएको थियो भने नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष तथा फर्मका संस्थापक अध्यक्ष बलराम गजुरेलले कृषी फर्म सञ्चालन गर्नुको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो कार्यक्रम फर्मका सचिव खगेन्द्र प्रसाद भण्डारीले सञ्चालन गर्नु भएको थियो ।
साधारण सभामा तिन वटै सहकारीका सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समिति र व्यवस्थापक लगायत कर्मचारीहरूको उपस्थित रहेको थियो ।