logo
शुक्रबार, साउन २९ २०८३

चासोक तङनामको आय व्याव सार्वजनिक


  • उमानाथ भण्डारी
  • बिहिबार, माघ ४ २०८०

कमल । याक्थुड युवा मञ्च कमलले आज (विहिवार) केर्खा पत्रकार सम्मेलन गरी चासोक तङनामको आय व्याव सार्वजनिक गरेको छ ।
आयोजक समितिले सार्वजनिक गरेको आय व्याव अनुसार जम्मा प्राप्त रकम मध्ये ११ लाख ६५ हजार ८४० रुपैया बाट ११ लाख ६१ हजार ८४० रुपैया खर्च भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
त्यस्तै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने दाताहरु मध्ये बाट उठ्न बाँकी रहेको रकम २ लाख ६७ लाख एक सय रुपैया र कमल गाउँपालिका बाट पाउनुपर्ने १ लाख भन्दा बढी रुपैया प्राप्त भएमा कोषमा ३ लाख ७५ हजार रुपैया भन्दा बढी रकम जम्मा हुने कोषाध्यक्ष बबिता फोम्बोले जानकारी दिनु भयो ।
याक्थुड युवा मञ्च कमलको आयोजनामा गत पुस २१ गते शनिवार कमल ३ स्थित केर्खा खेल मैदानमा बृहत साँस्कृतिक कार्यक्रम सहित लिम्बू समुदायले चासोक तङनाम उधौली पर्ब २०८० (यले तङबे ५०८३ न्वागी पूजा ) मनाएको थियो ।
कार्यक्रम संयोजक युके सुब्बाले देश विदेशमा रहेर कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण व्याक्ति तथा कार्यक्रमलाई प्रचारप्रसार गरी सहयोग गर्नुहुने हिमशिखर टेलिभिजन लगायत सञ्चार सस्थालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
आयोजक याक्थुड युवा मञ्च कमलका अध्यक्ष आशिष लेछर्बोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने मञ्चका प्रमुख सल्लाहकार बसन्तराज सुब्बाले सञ्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend