विर्तामोड । झापाको बिर्तामोड स्थित बिर्तामोड स्टडी सेन्टरले मन्टेश्वरी शिक्षक तालिक संचालन गर्ने भएको छ ।
अक्सफोर्ड ट्रेडिङ सेन्टरको समन्वयमा ३ महिने तालीम संचालन गरिन लागिएको प्रबन्ध निर्देशक केशब मैनालीले जानकारी दिनुभयो ।
बालबालिकाको मनोबिज्ञान अनुसार मन्टेश्वरी कक्षा संचालन तथा पठनपाठन गराउन सहज होस् भन्ने उदेश्यले तालीम संचालन गर्न लागिएको सेन्टरका अध्यक्ष मदन बुढाथोकीले जानकारी दिनुभयो ।
तालिममा लेखन शैली ,भाषा, बालमनोबिज्ञान ,बालबालिका तथा अभिभावक परामर्श लगायतका विषयमा तालिम हुने बताईएको छ । पछिल्लो समय अभिभावकहरु ब्यस्त भएका कारण साना(साना बालबालिका लाई मन्टेश्वरी स्कुलमा भर्ना गर्ने क्रम बढे संगै दक्षजनशक्ति अभावलाई सहजीकरण गर्ने उदेश्यले यहि माघ महिनाको पहिलो हप्ता बाट तालिम संचालन गर्न लागिएको जनाईएको छ ।