logo
शुक्रबार, साउन २९ २०८३

पातञ्जल योग दमक नगर समितिले नबौं राष्ट्रिय योग दिवस मनायो


  • उमानाथ भण्डारी
  • सोमबार, माघ १ २०८०

कमल ÷ नबौं राष्ट्रिय योग दिवस आज देश भर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
काठमाडौँ लगायतका सबै जिल्लामा योग सँग सम्बन्धित सस्थाहरूले नियमित योग गर्नुका साथै योग सँग सम्बन्धित जनचेतना मूलक कार्यक्रम गर्दै नबौं राष्ट्रिय योग दिवस मनाएका छन् ।
यसैक्रममा पातञ्जल योग दमक नगर समितिले आज बिहान “गरौं योग रहौं निरोग” भन्ने नाराका साथ दमक बजार परिक्रमामा गरेर गणतन्त्र चौकमा आएर कोणसभा गरेको थियो ।
कार्यक्रममा बोल्दै जीवन विज्ञान कोशी प्रदेश सह संयोजक लक्ष्मण न्यौपाने सबैको घरघरमा योग पुर्याउन आवश्यक रहेको बताउँदै अझैपनि धेरै मानिस योग सँग जोडिन बाँकी रहेको बताउनु भयो ।
आज मानिस विभिन्न समस्याले गर्दा खुशी र स्वास्थ्य खोज्न हामी अन्यत्र भौतारिँदै रहेका छन् यसको लागी एक मात्र उपाय भनेको नियमित योग रहेको संयोजक न्यौपाने बताउनु भयो ।
आफुले दुइ दशक अगाडि नै योग सिकेको र अहिले पनि घरमा नियमित योग गर्ने गरेको र योग सँग सम्बन्धी हरेक कार्यक्रममा आफू पुग्ने गरेको दमक नगरपालिका ५ नम्बर वडा अध्यक्ष टेक बहादुर थापाले बताउनु भयो ।
पातञ्जल योग दमक नगरसमितिले दमक नगरपालिकालाई योगमय बनाउनका लागी गरेको कामको प्रशंसा गर्दै त्यसलाई सबै नागरिक सम्म पुर्याउनका लागी स्थानीय सरकारको तर्फ बाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष थापाले बताउनु भयो ।
कार्यक्रममा पतञ्जलि योग कमल गाउँ समिति कोषाध्यक्ष रविन्द्र प्रकाश चापागाँईले मानिसको जीवनमा योग अनिवार्य भएको बताउँदै बिहान सुतेर जाने समयलाई योग सँग जोड्न सके हरेक व्यक्ति शारीरिक र मनासकि रुपमा निरोगी हुने बताउनु भयो ।
पातञ्जल योग दमकनगर समितिका अध्यक्ष अम्बर बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश उपाध्यक्ष लिला वन भारतीले स्वगत मन्तव्य राख्नु भएको थियो भने तारा प्रसाद गौतमले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend