कमल ÷ डाईनामिक पब्लिक लाईब्रेरी (डि.पि.एल.) नेपालको चौथो राष्ट्रिय महाधिवेशन बाट आगामी कार्यकालकालागी अध्यक्षमा बालचन्द्र कार्की निर्वाचित हुनुभएको छ ।
शुक्रवार झापाको कमल गाउँपालिका ५ स्थित रोडस्टार पार्टी प्यालेसको सभाहलामा सम्पन्न महाधिवेशनले निबर्तमान अध्यक्ष हेमन्त नेपालका साथै बरिस्ठ उपाध्यक्षमा अनु भण्डारी,उपाध्यक्ष दिवस खतिवडा र श्रेयसी थापा, महासचिव महेश भण्डारी,कोषाध्यक्ष कमल गैरे निर्वाचित हुनुभएको छ ।

त्यसैगरी निर्देशकमा जीवन सापकोटा,गुणराज गिरी, प्रबेस दुलाल ,बिश्वास गौतम, सरु गिरी र आयुस बाटाजु निर्वाचित हुनुभएको डिपिएल कमलका सचिव डिपक खड्काले जानकारी दिनुभयो ।
डिपिएल नेपालको आयोजना तथा डिपिएल कमलको अतिथ्यतामा सम्पन्न महाधिवेशनमा “पठन संस्कृतिको विकास संगै सकारात्मक सोच सहितको सु संस्कृत युवा नेतृत्व” भन्ने नाराका सम्पन्न महाधिवेशनको उद्घाटन कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले गर्नु भएको थियो ।