कमल ÷ डाइनामिक पब्लिक लाइब्रेरी ९डि।पि।एल।० नेपालको चौथो राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ ।
डिपिएल नेपालको आयोजना तथा डिपिएल कमलको आतिथ्यमामा सम्पन्न महाधिवेशनमा “पठन संस्कृतिको विकास सँगै सकारात्मक सोच सहितको सु संस्कृत युवा नेतृत्व” भन्ने नाराका साथ झापाको कमल गाउँपालिका ५ स्थित रोडस्टार पार्टी प्यालेसको सभाहलमा सम्पन्न महाधिवेशनको उद्घाटन कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले गर्नु भएको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालका कारण युवाहरूमा पठन संस्कृति हराउँदै गएको बेला डिपिएलले गरेको काम अत्यन्तै राम्रो छ । तर यसलाई आगामी दिनमा विद्यालयमा निबन्ध लेखनका साथै साहित्य लेखन तर्फ विद्यार्थीलाई समावेश गराउन सके अझ प्रभावकारी हुने शुभकामना मन्तव्यका क्रममा सभामुख विष्टले बताउनु भयो ।
तपाई हरूले परिकल्पना गरेर जुन अभियान थाल्नु भएको छ , आफैमा उदाहरणीय छ । स्टेजमा उभिएर भाषण गर्न जति सजिलो छ । कार्यक्रम सञ्चालन गर्न लत्तिनै गरो छ । यस्तो महत्वपूर्ण कामका लागी नगर पालिकाको तर्फ बाट आवश्यक सहयोग गर्ने दमक नगरपालिका प्रमुख रामकुमार थापाले बताउनु भयो ।
पछिल्लो समय सामाजिक सञ्जालका कारण युवामा पठन संस्कृतिको विकास हराउँदै गएको छ । यस्तो अवस्थामा डिपिएलले लाइब्रेरी सञ्चालन गरेको छ । यो आफैमा चुनौती पूर्ण भएको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
झापाको दमकमा केन्द्रिय कार्यलय रहेको डिपिएलको वितामोड, कनकाई, कमल , विराटनगर पोखरा, गण्डकी बुटवलमा शाखा कार्यलय रहेको छ ।
कार्यक्रममा डिपिएलका विभिन्न शाखा बाट आउनु भएका प्रतिनिधिका साथै दमक र कमल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागी रहेको थियो ।
कार्यक्रम डिपिएल नेपालका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डिपिएल कमलका सचिव दीपक खड्काले गर्नु भएको थियो ।