कमल । झापाको कमल गाउँपालिकामा आज लिम्बू समुदायको चासोक तङनाम सम्पन्न भएको छ ।
याक्थुड युवा मञ्च कमलको आयोजनामा कमल गाउँपालिका ३ स्थित ३ स्थित केर्खा खेल मैदानमा अघिल्ला वर्ष झै यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजनागरी चासोक तङनाम उधौली पर्ब २०८० (यले तङबे ५०८३ न्वागी पूजा ) मनाएको हो । यसवर्षको चासोक तङनाम कार्यक्रम आठौ संस्करण भएको आयोजकले जनाएको छ ।
किराँत लिम्बू समुदायले चासोकलाई विभिन्न जातजाति र भाषभाषीहरुसँग जोडदै आपसी सदभावसहित शुभकामना साटासाट गरेर चासोक तङनाम मनाउने गरेको कार्यक्रमका प्रमुख अतिथी याक्थुङ लिम्बु मुन्धुमविद यसेली योङहाङले बताउनु भयो ।
कार्यक्रका अवसरमा केरखा र आसपास क्षेत्रका पालिकाहरुबाट केलाङ नृत्य (च्याब्रुङ) नाच प्रतियोगितात्मक रुपमा सहभागि गराइएको थियो । जसमा भर्खरै भारतको सिक्कममा सम्मन्न केलाङ नृत्यमा प्रथम स्थान हासिल गर्न सफल कमल गाउँपालिका ३ को याक्थुङ चुम्लुङलाई आयोजकको तर्फ बाट एक थान केलाङ (च्याब्रुङ) प्रदान गरिएको कार्यक्रम संयोजक भानु लिम्बुले बताउनु भयो ।
जनजाती आदविासीहरुपनि पछिल्लो समयमा राजनितकि हिसामा निकै अगाडी बढी रहेका छन् ,यो खुशीको कुराहो । यस्ता कार्यक्रमले मानिसको सोच र बिचारमा समेत परिवर्तन लयाउछ । हामिभित्र भएका नकारात्मक कुरालाई हटाउदै सकारात्मक सोचको समेत विकागर्न मद्दत पुर्याउन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
आयोजक याक्थुङ युवा मञ्च कमलका अध्यक्ष आशिष लेछर्वोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा याक्थुङ युवा मञ्चका केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङ्वोले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो भने । कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ , शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा लगायत जनप्रतिनिधीका साथै विभिन्न संघ सस्थाका प्रतिनिधीको उपथिती रहेको थियो ।
कार्यक्रममा गायिका सुनिता थेगिम, चर्चित गायक ताराप्रकाश लिम्बू, सायल लिम्बू, सुनिता संयोग, सिद्धान्त खड्का, ममता हिङमाङ,राजन पन्धाक, चन्द्र फुरुम्बो, दुर्गा इङनाम, अम्वर योङहाङ , गीता नेम्वाङ र दुर्गा तुम्साले आ–आफनो कला प्रस्तुत गर्नु भएको प्रमुख सल्लाहकार बसन्त राज सुब्बाले जानकारी दिनुभयो ।
।