logo
शुक्रबार, साउन २९ २०८३

नवोदयको आयोजनामा निःशुल्क आँखा शिविर


  • उमानाथ भण्डारी
  • शनिबार, पुष २१ २०८०

कमल ÷ चुलाचुली गाउँपालिकामा आज निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग र चुलाचुली गाउँपालिका वडा नम्वर २ को व्यवस्थापनमा वडा कार्यलयको सभाहलमा शिविर सम्पन्न भएको हो ।
शिविरमा उपस्थित बिरामीलाई अस्पतालका सन्जु अर्याला , सन्जोग गडतौला , मिना थापा र राज बहादुर शाहाको टोलीले आँखा परिक्षण गर्नु भएको थियो ।
शिविरमा पुरुष ८९ जना र महिला १४२ जना र बालबालिका ११ जना गरी जम्मा २४२ जनाले आँखा परिक्षण गराउनु भएको थियो ।
शिविरमा उपस्थित बिरामीलाई आयोजक सस्थाको तर्फ बाट निःशुल्क औषधी वितरण गरिएको शिविर कार्यक्रमका संयोजक सोम अधिकारीले जानकारी दिनुभयो ।
आँखा परिक्षण गरिएका बिरामीहरु मध्ये २८ जनालाई मोति बिन्दुको समस्या देखीएकोले आगामी माघ ३ गते बुधवारका दिन बिर्तामोड आँखा अस्पतालले निःशुल्क अप्रेसन गर्ने जनाएको छ ।
शिविरमा सबै भन्दा जेष्ठ ९२ वर्ष र सबै भन्दा कान्छो ३ वर्षका बालको समेत आखाँ परिक्षण गरिएको थियो ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको र यो शिविर बाट संस्थामा आवद्ध सदस्य तथा गैर सदस्यले समेत निःशुल्क रुपमा आँखा परिक्षण गरेर सेवा लिनुभएको आयोजक संस्थाका अध्यक्ष शरण कुमार पराजुलीले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend