logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका द्वारा खेलाडीलाई बधाई तथा सम्मान


  • उमानाथ भण्डारी
  • बुधबार, पुष १८ २०८०

कमल ।कमल गाउँपालिका द्वारा खेलाडीलाई बधाई तथा सम्मान गरेको छ ।

कमल गाउँपालिकाको आयोजना र  गाउँपालिका खेलकुद बिकास समितिको संयोजनमा गौरिगञ्ज र तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा सम्मपन्न फुटवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा खेलाडीलाई बधाई तथा सम्मान गरिएको हो ।

मंगलवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजीत कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष  हुकुम सिंह राई, पमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले टिम मेनेजर तेज कुमार राई तथा खेलाडीलाई खादा तथा सम्मान पत्र द्वारा सम्मान गरिएको कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक सन्त कुमार मगरले जानकारी दिनुभयो ।

कमल गाउँपालिका अध्यक्ष हकुम सिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख सुर्य प्रसाद न्यौपानेले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend