logo
शुक्रबार, साउन २९ २०८३

नवोदयको आयोजनामा केर्खामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 


  • उमानाथ भण्डारी
  • शनिबार, पुष १४ २०८०

  कमल ÷ झापाको कमल गाउँपालिकाको  केर्खामा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ  ।


कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल सामुदायिक  अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा शिविर सम्पन्न भएको हो ।

अध्यक्ष शरण कुमार पराजुली स्वास्थ्य परिक्षण गराउदै

       वरिष्ठ उपाध्यक्ष बलराम गजुरेल स्वास्थ्य परिक्षण गराउदै

शिविरमा उपस्थित बिरामीलाई  अस्पतालका डाक्टर मन्जुल जिसी र  शर्मिला नेपाली तथा नर्सिङ प्रमुख राधा न्यौपाने लगायतको टोलीले स्वास्थ्य परिक्षण गर्नु भएको  थियो ।
शिविरमा उपस्थित बिरामीलाई कमल गाउँपालिका तथा मनमोहन मेमोरियल सामुदायिक अस्पतालका तर्फ बाट निःशुल्क औषधी वितरण गरिएको शिविर कार्यक्रमका संयोजक सोम अधिकारीले जानकारी दिनुभयो ।
शिविरमा पुरुष ३६ जना र महिला ४५ जना गरी जम्मा ८१ जना ले स्वास्थ्य परिक्षण गराउनु भएको थियो । शिविरमा थाईराईड,सुगर, प्रेसर,कानदुख्ने समस्या,ग्याष्टिक, छाला सम्बन्धी समस्या, दाँत दुख्ने लगायत नसर्ने रोगका बढी विरामले निःशुल्क रुपमा स्वास्थ्य सेवा लिएको  कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख  दीपक दाहालले जानकारी दिनुभयो ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको र यो शिविर बाट संस्थामा आवद्ध सदस्य तथा गैर सदस्यले समेत निःशुल्क स्वास्थ्य सेवा लिनुभएको आयोजक संस्थाका अध्यक्ष शरण कुमार पराजुलीले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend