कमल । नेपाल पशुपंशी औषधि व्यवसायी संघको अध्यक्षमा दिलकुमार लामिछाने सर्वसम्मात निर्वाचित हुनुभएको छ ।
बुधवार दमकमा सम्पन्न संघकोे चौथो अधिवेशनबाट अध्यक्षमा लामिछाने सर्वसम्मात निर्वाचित हुनुभएको हो
।

त्यसैगरी उपाध्यक्ष सन्तोस भट्टराई, श्याम बहादर निरौला,पुष्प दाहाल सचिव सुभाषचन्द्र गड्तौला , कोषाध्यक्ष राम बहाखुर श्रेष्ठ, ,सहसचिव दिपक रिजाल समेत सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य तुलसी भण्डारीले जनाकारी दिनु भयो ।
त्यस्तै सदस्यमा बिमल ढकाल,रेवतीरमण लुईटेल,अनुपकुमार दास,जीवन भट्टराई, शीवशंकर शाहा, लक्ष्मि कोईराला र महिला सदस्यमा शुभद्रा मिश्र समेत निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य भण्डारीले बताउनु भयो ।
कार्यक्रम संघका कोशी शाखा अध्यक्ष अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।