कमल । प्रकृतिलाई जितेर होइन, च्यापेर सृष्टि पालौं । हामी एउटै डुङ्गामा छौं, यसलाई मिलेर टालौं । यो गीतका रचनाकार हुनुहुन्छ नेपाली सेनाका पूर्वी प्रितनापति इटहरीका उपरथी आशबहादुर तामाङ (पिएचडी) ।
प्रकृति प्रेमी र देशभक्ति गीत रचना गर्ने उपरथी तामाङले ठाडो भाका समेत प्रकाशन गर्नु भएको छ । देशको सेवा गर्दै साहित्य र संगीतमा उत्तिकै अब्बल रहेका उपरथी तामाङ प्रकृतिको संरक्षणमा पनि अब्बल देखिनु भएको छ ।
उनै तामाङले श्री नम्बर २१ बाहिनी अड्डा तोपगाछी व्यारेक, झापाको बाहिनीपति सहायक रथी भएको समयमा बृहत् फलफूलका विरुवा रोपण अभियान शुरु गर्नु भएको थियो ।
वहँमको अभियानले अहिले सार्थकता पाउँदै गएको छ । कमल गाउँपालिका ३ स्थित तोपगााछीमा रहेको श्री नम्बर २१ बाहिनी अड्डामा १७ हजारभन्दा बढी विभिन्न फलफूलका विरुवा रोपिएका छन् । उक्त फलफूलका विरुवा हुर्कदै गएका छन् । प्रकृतिको संरक्षणमा योगदान पु¥याउने उद्देश्यले २०७६ सालमा तत्कालीन बाहिनीपति सहयायक रथी तामाङले देशकै नमूना ब्यारेक बनाउने उद्देश्यले १२ हजार ४४ वटा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्नु भएको थियो ।
तोपगाछी ब्यारेकलाई विश्व वातावरणमा सुधार, ब्यारेक सुरक्षा, क्याम्प ब्यवस्थापन तथा फलफूलको विरुवा रोपण कार्यमा नमूना व्यारेक बनाउने अभियानसहित फलफूलका विरुवा रोप्ने कार्यगर्ने गरिएको थियो ।
बृहत् फलफूल वृक्षारोपण कार्यक्रम अन्तर्गत रोपिएका विरुवाको नेपाली सेनाले संरक्षणसंगै सौन्र्दयीकरण गर्दै देशकै नमूना व्यारेक बनाउने अभियानमा नेपाली सेना लागीपरेको छ । नेपाली सेनाका पूर्वी प्रितनापति इटहरीका उपरथी तामाङले शुक्रबार आफूले शुरु गरेको फलफूल रोप्ने अभियानको निरीक्षण गर्नु भएको थियो ।
आफूले बाहिनीपति हुँदा शुरु गरेको अभियानका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वहाँले भन्नुभयो प्रकृतिलाई माया गर्नुपर्छ भन्ने अभिप्रायले खाली रहेको जमिनलाई संरक्षण गर्दै यहाँको माटो सुहाउँदो फलफूलका विरुवा रोपेका छौं । कोभिडको समयमा आफूले शुरु गरेको अभियान अहिले बृहत् बनेको भन्दै उनले खुशी व्यक्त गर्नु भएको छ ।
विश्वकै वातावरणमा विश्वास व्यत्त गर्नुभयो । पछिल्लो समय हात्ती र मानवबीचको द्वन्द्व रोक्न पनि आफूहरुले शुरु गरेको अभियान सान्दर्भिक बन्न सक्ने उनको भनाइ छ । नेपाली सेनाले देशको रक्षासँगै वातावरण संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण कार्यहरु गर्दै आएको छ ।
नेपाली सेनाका पूर्वी प्रितनापति इटहरीका उपरथी तामाङले शुरु गरेको अभियानलाई आफूले पनि निरन्तरता दिँदै अहिले १७ हजारभन्दा धेरै विरुवा रोपिएको र हुर्कने क्रममा रहेको श्री नम्बर २१ बाहिनी अड्डा तोपगाछी व्यारेकका बाहिनीपति सहायकरथी धनबहादुर थापाले बताउनु भएको छ ।
नेपाली सेनामा हरेक ब्यारेकमा वृक्षरोप कार्यक्रम गर्दै आएको र यसै वर्ष पाँच हजार दुई सयभन्दा धेरै विरुवा रोपिएको बाहिनीपति सहायक रथी थापाले जानकारी दिनुभयो । उक्त स्थानमा हालसम्म १७ हजारभन्दा धेरै विरुवा रोपिएको नेपाली सेनाले जनाएको छ ।
विरुवा हुर्काउन डिपबोरिङबाट पाानी निकालेर सिञ्चाई गर्दै आइएको छ । सेनाले आँप, लिची, सुपारी, कागती, अम्बा, ओखर, रुख कटहर, सजिवन, काजु, बेल, अमला, इन्चाक, रुद्राक्ष, तित्री, हर्रो–बर्रो, नरिवल, अनार, जामुन, सिस्नो, टांकी, धुपी, समी, गुलमोहर, अशोक, ज्याकाराण्डा लगायतका ३४ प्रकारभन्दा धेरै प्रजातिका फलफूलका विरुवा रोपेर नेपाली सेनाले २१ नम्बर बाहिनी अड्डा तापगाछी व्यारेकलाई देशकै नमूना व्यारेक बनाएको छ ।
देशको रक्षा गर्ने जिम्मेवारी पाएको नेपाली सेनाले वातावरण सुहाउँदो वृक्षरोपण गरेर वातावरण संरक्षणसंगै प्रकृतिको संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ । मल व्यवस्थापनको लागि ब्यारेक हाताभित्र सुकेका पात पतिङ्गरबाट कम्पोष्ट मल तयार गर्नुका साथै ब्यारेक हाताको घाँस शिवसताक्षी धामको गााईबस्तुलाई दिएर उक्त गाईबस्तुको गोबर मल ल्याउने गरेको बताइएको छ ।
कुनै पनि विरुवा मरेमा तत्काल अर्को विरुवा रोप्ने गरेको सहायक रथी थापाले जानकारी दिनुभयो । शुक्रबार सञ्चारकर्मीसहित अर्जुनधारा–६मा रहेको पशुपति युवा समूहले बृहत् फलफूल वृक्षरोपण क्षेत्रको अवलोकन गर्दै समाजमा वातावरणको क्षेत्रमा गर्न सक्ने कामका विषयमा अन्तरक्रिया गरेको छ । नेपाली सेनाले प्रकृतिको संरक्षणका क्षेत्रमा आठ हजारभन्दा धेरै जनशक्ति परिचालन गरेको बताइएको छ ।
नेपाली सेनालाई नेपाल सरकारबाट संरक्षित क्षेत्रभित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरूको सुरक्षा, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षा, संरक्षित क्षेत्रभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदाहरूको सुरक्षा, सरकारी कार्यालय तथा भौतिक पूर्वाधारहरूको संरक्षण तथा सुरक्षा, संरक्षण कार्यमा खटिएका राष्ट्रसेवक कर्मचारीहरू तथा नियमानुसार संरक्षित क्षेत्रहरूमा प्रवेश गरेका पर्यटकहरूको सुरक्षा, संरक्षित वन्यजन्तुको संरक्षणका लागि संरक्षण क्षेत्रभन्दा बाहिर गएर पनि सुरक्षा तथा संरक्षण र संरक्षित क्षेत्रहरूभित्र विपद् व्यवस्थापनको कार्य गर्ने जस्ता जिम्मेवारी दिइएको छ ।सेनाालाई सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न तथा प्रकृति संरक्षणजस्तो संवेदनशील तथा चुनौतिपूर्ण कार्यमा महत्वपूर्ण योगदान पु¥याउन नेपाली सेनाले संरक्षित क्षेत्रको सुरक्षा लगायत सम्भावित अवैध गतिविधिहरूको रोकथामका लागि विभिन्न सैनिक कारबाही सञ्चालन गर्दै आएको छ ।
नेपाली सेनाले श्री नम्बर २१ बाहिनी अड्डा ताोपगाछी ब्यारेकमा विभिन्न विद्यालयका बिद्यार्थीहरुलाई अवलोकन गराएर प्रकृति संरक्षणको विषयमा जानकारी समेत गराउँदै आएको छ । ५४ विगाह क्षेत्रमा रोपिएको विरुवालाई विभिन्न ब्लगहरु विभाजन गरेर फलफूलका विरुवा रोपिएको छ भने बगैंचाको सौन्र्दयीकरणले जो सुकैको मन लोभ्याउने गरेको नेपाली सेनाले जनाएको छ ।