कमल ÷ झापाको कमल गाउँपालिका २ मा मुख्य कार्यलय रहेको श्री पुर्व नेपाल बहुउद्येश्यीय सहकारी सस्थाको अध्यक्षमा पुन प्रेम सापकोटा निर्वाचित हुनुभएको छ ।
सस्थाको ७ औं कार्यकालकालागी अध्यक्षमा सापकोटा सहित उपाध्यक्षमा याम बहादुर कट्टेल , सचिव ख्याम राज न्यौपाने सर्व सम्मत निर्वाचित हुनुभएको निर्वाचन उप समितिका संयोजक शुभद्रा अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी समितिमा संकेत रेग्मी,किशोर श्रेष्ठ,मोहन कुमार श्रेष्ठ, राजन प्रसाद भट्टराई, र सिताराम ढकाल निर्वाचित हुनुभएको छ भन महिला सदस्यमा कमला पाण्डे,याशोदा भण्डारी र रुकमणी कुमारी राजवंशी समेत निर्विरोध निर्वाचित हुनुभएको संयोजक अधिकारीले बताउनुभयो ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपाल प्रसाद भट्टराई तथा सदस्य चन्द्रकला ढकाल निर्विरोध निर्वाचित हुन भएको छ भने रित्त रहेको एकजाना सदस्य पछि थपगर्ने निर्वाचन उप समितिका सदस्य हिम प्रसाद दाहालले जानकारी दिनुभयो । निर्वाचित सम्पुर्ण सदस्यलाई आईतवार सपथ ग्रहण राराईएको थियो ।