कमल ÷ पछिल्लो समय मानिसलाई विभिन्न प्रकार रोगले सताउन थाले पछि त्यसलाई न्यूनिकरण गर्न झापाको कमल गाउँपालिकाले विभिन्न तालिम सञ्चालन गर्न थालेको छ ।
गाउँपालिकाले सबै गाउँवासीलाई स्वास्थ्य बनाउने उद्देश्यले प्रत्यक वडामा “ स्वास्थ्य जीवन प्राप्तिका लागि भान्सा कोठा औषधालय बनाउने सम्बन्धी तालिम” सुरु गरेको छ ।
खानपान र तनावका कारण मानिसमा धेरै रोग लाग्ने गर्दछ । खानपान को पहिलो सुरुवात भान्सा कोठा बाटै हुने भएकोले भान्सा कोठा लाई कसरी औषधालय बनाउन सकिन्छ भन्ने बारेमा तालिम सञ्चालन गरिएको कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
यसैक्रममा विहीवार ३ नम्बर वाडाले समेत तालिमको आयोजना गरिएको छ । वडा कार्यालयले सबै टोल विकास संस्थामा आवद्ध गृहिणी महिलालाई लक्षित गरेर तालिमको आयोजना गरेका वडा सचिव देवी प्रसाद फायलले जानकारी दिनुभयो । ३० जना भन्दा बढी सहभागी रहेको तालिमका सहभागीलाई केदार पोख्रेलले सहजीकरण गर्नु भएको थियो ।