logo
शुक्रबार, साउन २९ २०८३

पतञ्जलि योग समिति नेपाल झापा माईपश्चिम क्षेत्रको सत्संङ्ग सम्पन्न


  • उमानाथ भण्डारी
  • शुक्रबार, मंसिर २२ २०८०

 झापा ÷ पतञ्जलि योग समिति नेपाल अन्तर्गत  झापाको माईपश्चिम क्षेत्रको सत्संङ्ग विहीवार  कमल गाउँपालिकामा सम्पन्न भएको छ ।
कमल गाउँपालिका ५ स्थित गौरिशङ्कर साधना केन्द्रमा पतञ्जलि योग समिति नेपाल मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्रको उपस्थितमा सत्संङ्ग सम्पन्न भएको  हो ।
सत्संङ्गमा  कमल गाउँपालिका, तथा दमक र गौरादह नगरपालिका स्थित  गाउँ तथा नगरका अध्यक्ष तथा पदाधिकारी का साथै  विभिन्न  साधना केन्द्र का प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सत्संङ्गमा  सहयोग शिक्षक तालिम सञ्चालन, पाँचदिने आकाशीय तालिम  तथा  झापाका सबै विद्यालयमा  कार्यरत शिक्षक मध्ये प्रतिनिधि मूलक शिक्षकलाई योग शिक्षक तालिम प्रदान गर्ने  निर्णय भएको मुख्य केन्द्रिय प्रभारी मिश्रले जानकारी दिनुभयो ।
सत्संङ्गमा पतञ्जलि योग समिति नेपाल युवा समिति संयोजक लोकनाथ खनाल, केन्द्रिय सदस्य टिका खतिवडा, अर्चना घिमिरे, कोशी प्रदेश प्रभारी मिस्टर प्रसाद महामन्त्री लक्ष्मी प्रसाद काफ्ले, झापा जिल्ला अध्यक्ष देवी प्रसाद घिमिरे ,महिला समिति अध्यक्ष प्रेमकला निरौला लगायतको  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend