कमल । झापाको कमल गाउँपालिकामा छोरा द्वारा दाउले हानेर बुबाको हत्या गरेको छ ।
गाउँपालिका वडा नम्बर ४ जोगिचौन स्थित सुकुम्बासी बस्तीमा आज बिहान अन्दाजी ६ बजे आफ्नै छोराले सब्जी पकाउने कराईले हानेर घाईते बनाएपछी दाउले टाउकामा हानेर ५१ वर्षीय भोला कुमार तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
बुबाको हत्या गरेको आरोमा मृतकका छोरा २३ वर्षीय आशिष तामाङलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
अत्याधिक मादक पदार्थ सेवान र घरायसी विवादका कारण बुबाको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।