logo
शनिबार, साउन ३० २०८३

प्याब्सन बिर्तामोडको  बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १३ र १४ गते हुने


  • सरोज पौडेल
  • बिहिबार, मंसिर ७ २०८०

विर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले हरेक बर्ष जस्तै यस बर्ष पनि सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

बिर्तामोड  भरिका ४८ वटा विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा रचनात्मक  रुपमा सम्पन्न गर्ने तयारी गरिएको  अध्यक्ष उत्तम खनालले  जानकारी दिए ।

उमेर र समूह अनुसार नृत्य ,गायनमा विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने बताईएको छ । जिम्मेवारी बाड्फाड तथा योजना निर्माण बैठकमा बोल्दै  प्याब्सन नगर सह-सचिब देबेन्द्र हुमागाईले बालबालिकाको क्षमता र प्रतिभालाई उजागर गर्ने प्लेटफमको रुपमा प्याब्सनको कार्यक्रम हुँदै आएकाले कार्यक्रम विद्यार्थी केन्द्रित हुने जानकारी दिए ।

 

नृत्य र गायन प्रतियोगितामा बिर्तामोड भरिका करिब २५ सय  बिधार्थीको सहभागिता रहने उनले बताए ।

कार्यक्रममा २ लाख ७० हजार  रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रत्येक बर्ष प्याब्सनले गर्ने  सांस्कृतिक,खेलकुद तथा अन्य कार्यक्रममा बिर्तामोड नगर क्षेत्रका बिद्यालयले रचनात्मक प्रस्तुति दिदै आएकाले यस  कार्यक्रम लाई महत्त्वका साथमा हेरिएको सचिब सुरेन्द्र खरेलले बताए । उनका अनुसार नगरमा उत्कृष्ट हुने प्रतियोगी तथा समुहले  जिल्लाको कार्यक्रममा सहभागीता जनाउन पाउने छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend