logo
शुक्रबार, साउन २९ २०८३

अहिलेको व्यवस्था विरुद्ध धावा बोल्ने काम सुरु भएकोले त्यस विरुद्ध एकजुट हुनुपर्छ ः राष्ट्रियसभा सदस्य दाहाल


  • गोपाल झापाली
  • शनिबार, कार्तिक २५ २०८०

दमक । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले अहिले व्यवस्था विरुद्धनै धावा बोल्ने काम सुरु भएकोले त्यसका विरुद्ध एकजुट हुनुपर्ने बेला भएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल माईपश्चिम क्षेत्रीय समितिको आयोजना गरेको चार्डपर्व लक्षीत शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उहाँले जनताको त्याग र संघर्षबाट स्थापीत व्यवस्थाका विरुद्धमा बोल्नेहरु सल्बालाएपनि कमजोर भने नहुने उल्लेख गर्नु भयो ।

‘चिहानमा गइसकेको राजतन्त्र फेरी फर्कन सक्छ ?’ भनेर प्रश्न गर्दै उहाँले जनताको चाहना र इच्छा बुझेर तत्कालीन राजाले आफै गद्धी छाडेको हुनाले फेरि त्यहि व्यवस्थाको पक्षमा आवाज उठीरहेको हुनाले सचेत रहन पनि उहाँले अनुरोध गर्नु भएको छ।

‘अहिले केहि पार्टिका केहि नेता गलत भए होलान , तर के त्यसको मतलव पुरै व्यवस्थानै खराव हो त ? उहाँले प्रश्न गर्दै भन्नु भयो ‘ यसले लोकतन्त्र र गणतन्त्रमाथी ठुलो प्रहार गरिरहेको छ । यसको संरक्षण गर्नकालागि अहिले राष्ट्रिय स्तरबाटै एक सवल नेतृत्वको खाँचो देखिएको छ । ’

राष्ट्रियसभाको नेकपा एमालेको संसदीय दलको नेता तथा नेकपा एमालेको स्थानिय तह विभागका प्रमुख समेत रहनु भएका दाहालले लोकतन्त्र र गणतन्त्रको सस्थागत संरक्षण गर्न अव राष्ट्रियरुपमा नेकपा एमाले अघी बढ्ने र यसको नेतृत्वमा पनि एमालेले गर्ने उहाँले उल्लेख गर्नु भयो ।
कार्यक्रममा केन्द्रिय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, स्थानीय तह विकाश विभाग सचिव हर्कराज राई, प्रदेश सभा सदस्य होमबहादुर थापा, प्रदेश कमिटी सदस्यहरु अम्बिका खनाल, बेनुप्रसाद शिवाकोटी, जिल्ला सचिव शिवढुंगेल, नगर ईन्चार्ज वोधराज घिमिरे, अध्यक्ष गेहनाथ पोखरेल, उपाध्यक्ष दिपेश दाहाल, अनेमसंघ जिल्ला सचिव लिला ढुंगेल लगायतका नेता कार्यकर्ताहरुले आफ्ना धारणा सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend