कमल । अनिल कार्कीको निधनको घटनाका सम्बन्धमा आवश्यक छानविन र अनुसन्धानका गर्न आफ्नो तर्फबाट प्रशासनलाई पूर्ण रुपमा सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले प्रतिवद्धता जनाउनु भएको छ ।
झापाको कमल गाउँपालिका ६ निवासी अनिल कार्कीले गत कात्तिक १२ गते आईतवारका दिन आफ्नै घरमा झुन्डिएर आत्महत्या गर्नु भएको थियो । सो घटना सँग जोडिए बाहिर आएका विभिन्न विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कार्कीको मृत्युको कारण पत्ता लगाउन आफ्नो तर्फ बाट प्रशासनलाई पूर्ण रुपमा सहयोग गर्ने प्रेस विज्ञप्ति मार्फत वडा अध्यक्ष भट्टराईले जानकारी गराउनु भएको छ ।

आफू केही दिन देखी पारिवारीका कामको सिलसिलामा नेपाल बाहिर रहेको र सोही समयमा कार्कीको मृत्यु हुनु र त्यसमा आफ्नो नामलाई समेत जोडेर केही भ्रमपूर्ण विषयहरू फैलिएको घटना प्रति मेरो ध्यानाकर्षण छ । कार्कीको मृत्युमा आफ्नो कुनै संलग्नता नभएको वडा अध्यक्ष भट्टराईले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
विज्ञप्तिमा निधन भएका कार्की प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दै । आफू वडाको जनप्रतिनिधि भएकोले यसको सत्य तथ्य छानविन गर्ने प्रशासनलाई सहयोग गर्ने बताउनु भएको छ ।