logo
शुक्रबार, साउन २९ २०८३

याक्थुङ स्टार सिजन वानमा पुग्न सफल याक्थुङ स्टारलाई याक्थुङ चुम्लुङ नामक एवार्डले सम्मान गरिने


  • उमानाथ भण्डारी
  • सोमबार, कार्तिक २० २०८०

कमल ÷ याक्थुङ चुम्लुङ र युमा साम्यो महासभा नेपाल केन्द्रीय समितिको आयोजनामा याक्थुङ स्टार सिजन वानमा पुग्न सफल याक्थुङ स्टारलाई याक्थुङ चुम्लुङ नामक एवार्डले सम्मान गरिने भएको छ ।
आगामी मंसिर १ र २ गते धरानमा हुने चासोक ताङनामका अवसर पारेर वृहत कार्यक्रमको आयोजना गरी याक्थुङ स्टारलाई याक्थुङ चुम्लुङ नामक एवार्डले सम्मान गरिने युमा साम्यो महासभा नेपालका अध्यक्ष देवेन्द्र कुमार बनेमले जानकारी दिनुभयो ।
यसरी सम्मानित हुनेहरूमा याक्थुङ मौलिकता बचाउँ अभियन्ता गायक याक्थुङ मुन्धुम रिसर्च तथा सङ्गीतकार ब्रोसिस माबुहाङको याक्थुङ लिम्बू (ताप्लेजुङ) बरिष्ठ याक्थुङ गायक तथा सङ्गीतकार सञ्चमान ताम्लिङ लिम्बू (सिक्किम) याक्थुङ स्टार सिजन १ का विजेता अन्जना याक्थुङ लिम्बू सिक्किम, उपविजेता बि बि सेर्मा लिम्बू (पाँचथर) र आइतहाङ याक्थुङ लिम्बू (सिक्किम) कलाकारहरूलाई एउटै थलोमा जम्मा गरी सम्मान गरिने याक्थुङ चुम्लुङका अध्यक्ष भक्त बहादुर लिम्बुले जानकारी दिनुभयो ।
युमा साम्यो महासभा नेपालले इतिहास मै पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरी याक्थुङ स्टारलाई सम्मान गर्न लागेको हो ।
धरानमा निर्माणाधीन सावायेत्हाङ पाङ्भेमा हुने चासोक तङ्नाम २०८० का अवसरमा सम्मान गरिने तथा आगामी दिनहरूमा अन्य कलाकार र इतिहासकारहरूलाई समेत सो एवार्डले सम्मान गरिने लिम्बुले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend