logo
शुक्रबार, साउन २९ २०८३

धूलोका कारण हैरान भएर स्थानीय द्वारा पाडाजुँगी गौरादह सडक बन्द


  • उमानाथ भण्डारी
  • आइतबार, कार्तिक १२ २०८०

कमल । सडक बाट निस्किएको धूलोका कारण हैरान भएर स्थानीय वासीले आज (आइतबार) बाट पाडाजुँगी गौरादह सडक बन्द गराएका छन् ।
पाडाजुँगी चौक देखी प्रादेशिक आयुर्वेदिक अस्पताल सम्म साडे ३ किलोमिटर सडक निर्माण गर्ने क्रममा ठेकेदारले बिचमा निर्माण कार्य बन्द गरे पछि निस्किएको धुलोका कारण स्थानीय बासी हैरान भएर आज बाट सडकमा यातायात नचल्ने गरी सडक बन्द गराएको  स्थानीय  दिपक  खड्काले जानकारी  दिनुभयो ।

वडा कार्यलयमा बसेकाे आम भेला

गएको आर्थिक वर्षको अन्त्यमा नै सडकको निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो तर रकम अभाव भन्दै ठेकेदारले काम छोडेका कारण अहिले सडक बाट निस्किएको धूलोका कारण स्थानीय वासी हैरान भएर सडक बन्द गर्नु पर्ने बाध्यता भएको युवराज पाठकले  बताउनु भयो ।

सडक बाट निस्किएको धूलोका कारण सडक आसपासका स्थानीयलाई धेरै ठुलो समस्या आएको छ । धुलोका कारण रुघाखोकी लाग्ने ज्वरो आउने , झाडा पखाला लाग्ने, घरका समान समेत खराब हुने लगायतका समस्या  आएकाले  वडा कार्यालयमा आमभेला बसर सडक बन्द सडक बन्द गर्ने  निर्णय  आएकोले  सडक बन्द गरेकाले  पाठकले बताउनु भयाे ।

धुलाेका कारण समस्या आएकोले  त्यसको  समाधान खाेज्न आफू काठमाडौ  आएकाे  पुर्व जनप्रतिनिधि  बेनु सिवाकोटी ले जानकारी दिनुभयो  ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend